दिलवाले काजिश ले रुपैकी रानी करिश्मालाइ आँखा लगाए

इनेप्लिज २०७४ पुष ११ गते ११:४७ मा प्रकाशित
रोशन पोखरेल ,  विराटनगर  । नेपाली गीत सँगीतमा निरन्तर रुपमा क्रियाशिल साहरा फिल्म एण्ड इन्टरटेन्मेन्ट प्रा लीको प्रस्तुतिमा सुरेश सि एन घायल र जोर बुढा मगरको दोश्रो लोक सौगात  “ दंगाली काले ” डिजिटल बजारमा सार्वजनिक भएको छ । सुरेश सि एन घायल र गायिका संगिता गतौलाको सुमधुर आवाजमा रहेको गीतको शब्द सुरेश सि एन घायल ले गरेका छन भने शब्द संयोजन जोर बुढा मगरको रहेको छ  ।
गितको भिडियोमा युवा युवतिहरु विचको माया को चर्चा परिचर्चा गरेको छ । युवा अवस्थामा एक अर्का प्रतिको आकषर्ण र मायामा परेका जोडीको हेराईको दृष्टिकोणलाई समेटिएको छ  । गायक सुरेशका अनुसार युवाहरुको चाहना अनुसारको निकै राम्रो भिडियो तथा अडियो निमार्ण गरेको बताए ।
साहरा फिल्म एण्ड इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा अहिलेका निकै ब्यस्त तथा कुशल निर्देशन शिवन पोखरेलले गरेका छन अजय रेग्मीको छायँकन गरेका छन ।
भिडियोमा दंगाली कालेको भुमिकामा आफनी प्रेमीका करिष्मालाई फकाउनको लागी निकै प्रयासरत रहेका देखिएका छन कुशल तथा मेहनती कलाकार काजिश श्रेष्ठ । गितको भिडियोमा काजिश , र करिष्मा ढकालको जिवन्त अभिनय देख्न सकिन्छ । “ दंगाली काले ”को भिडियोलाई अधिनायक मान शेरचनले सम्पादन गरेका हुन ।
“ दंगाली काले ”  भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया