समयले समय नदेला फेरी – बाल जोशी

इनेप्लिज २०७४ पुष ८ गते ०:२७ मा प्रकाशित


गुलाबले गुलाबी नदेला फेरी
जुन ले जुनेली नदेला फेरी

हाँस्नु, बाच्नु, रमाउनु त आज नै हो मित्र
समयले समय नदेला फेरी

नपर्ख जीवनका कथा लेख्न भोलीका लागि
के थाह, मसीले रङ्ग नदेला फेरी

मरेर आज भोलि जिउनुको मजा के छ ?
भरे, गाथले साथ नदेला फेरी

कहिल्यै नसकिने दौडको तिम्रो गन्तव्य के हो ?
कहीँ बिचमै, बाटोले साथ नदेला फेरी

गुलाबले गुलाबी नदेला फेरी
जुन ले जुनेली नदेला फेरी

प्रतिक्रिया