काली भन्या छैन मैले भन्दै आए हिमाल सागर (भिडियो सहित)

इनेप्लिज २०७४ पुष ७ गते ११:४९ मा प्रकाशित

काठमाडौं । गायक तथा संगीतकार ताराबीर पाण्डे पछिल्लो समय निकै नै ब्यस्त छन् । उनी आफैंले स्टुडियो यमन नामाकरण गरी सञ्चालनमा ल्याएपछि उनको ब्यस्तता अझै बढेको हो । उनको स्टुडियोमा चर्चित गायक हिमाल सागरले काली भन्या छैन मैले भन्दै कसैलाई स्पष्टीकरण दिएका छन् । हिमाल सागरको यस्तो स्पष्टीकरण दिएको गीत हालै सार्वजनिक भएको छ । तिम्रो रुप रंग हेरी काली भन्या छैन मैले बोलको गीत दिलीप घिमिरेले लेखेका हुन् भने पाण्डेले नै यसको संगीत गरेका हुन् ।

बिनोद रसाईलीले संगीत संयोजन गरेको उक्त गीतको मिक्सिङ महेश्वर मान राजभण्डारीले गरेका छन् । जनकराज अधिकारीले खिचेको भिडियोमा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ ।

प्रतिक्रिया