मुना र सविनको “मायामा कस्ले दुनिया हल्ला चलायो” (भिडियो सहित)
इनेप्लिज
२०७४ पुष ६ गते ११:५७ मा प्रकाशित
रोशन पोखरेल , विराटनगर , पौष ६
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका मुना थापा मगर र गायक सविन तामाङ को सुमधुर आवाजमा दुनियाँले हल्ला चलायो गित आज बाट युटुव मार्फत आएको छ । माया प्रेमका मार्मिक भावहरुलाई समेटेर तयार परिएको गितकोलाई आम दर्शक तथा श्रोताको निकै रोजाईमा पर्न सफल हुने अपेक्षा गरिएको छ । माया प्रेममा विछोडिनु पर्दा कस्को मन पो खुशी हुन्छ होला र ? मनभित्रको गहिरो चोटलाई पराइ मानिसहरुले आफनो प्रेमीकालाई वा प्रेमीलाई त्याग्ने अवस्थामा सम्म पुराएको अवस्थाहरु समाजमा निकै छ ।
दुनियाँले नराम्रो भनेको देख्दा आफनी प्रेमीकालाई सम्झदा मायाको भाव सिर्जना हुने अवस्थालाई निकै कलात्मक रुपमा समेटिएको छ । कमल बस्नेतको शब्द तथा संगीत संयोजन रहेको गीतलाई मायामा निराधार आरोपको हल्ला चल्दाको परिदृश्य आधार बनाएर गाइएको छ। मुकेश हुँमागाईको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन रहेको भिडियोमा कलाकारहरु सगुन शाही , कमल बस्नेतको अभिनय रहेको छ ।
प्रतिक्रिया