चलचित्र ‘गोरे’ मंसिर २९ गते प्रर्दशन

इनेप्लिज २०७४ मंसिर २८ गते २३:५९ मा प्रकाशित

काठमाडौं, २६ मंसिर । यहि मंसिर २९ बाट प्रर्दशनमा आउने चलचित्र ‘गोरे’का २ गीत एकसाथ रिलिज गरिएको छ । गोरेको शिर्ष गीत र रोमान्टिक गीत सार्वजनिक गरिएको हो । चलचित्रको शिर्ष गीतमा दिलिप रायमाझी एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा अनुसंग रोमान्टिक मुडमा देखिएका छन् ।चलचित्र गोरेको शिर्ष गीत गोरे बोलको गीतमा बिकाश चौधरीको संगीत , रन्जीत कुमार सहनीको आवाज र शंकर अधिकारी घायलको शव्द रहेको छ भने अर्को रोमान्टिक गीतमा बिकाश चौधरी र जुना प्रसाइको स्वरमा रहेको उक्त गीतमा शंकर अधिकारी घायलको शव्द एव बिकाश चौधरीकै संगीत रहेको छ ।

 

चलचित्र गोरेका यी गीतलाइ रबि कार्कि र राम बुढाथोकीले कोरियोग्राफि गरेका हुन् भने छायांकन हरिनारायण चौधरीले गरेका हुन् ।

रामेश कुमार राइको निर्देशन एव सुर्य जिसिको निर्माणमा तयार चलचित्र गोरेमा दिलिप र अनुको साथमा राकेश कुमार राइको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया