शनिबार, असोज ९ २०७८
काठमाडौं ०३:२२
वासिङटन डिसी 17:37

काठमाडौँ ५ का दुवै प्रदेशमा एमाले विजयी

इनेप्लिज २०७४ मंसिर २५ गते १०:५८ मा प्रकाशित

काठमाडौँ, २५ मंसिर  ः काठमाडौँ क्षेत्र नं ५ का दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
निर्वाचन क्षेत्र नं ५ को १ मा नेकपा (एमाले)का नारायणबहादुर सिलवाल र २ नं प्रदेशमा पनि एमालेकै दीपक निरौला विजयी हुनुभएको निर्वाचन अधिकृत चणकमणि अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिलवालले सात हजार ७९० मत र निरौलाले १३ हजार ७६९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

सिलवालका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी रमा पौडेलले चार हजार ३०९ मत र निरौलाका निकटतम प्रतिद्वन्द्वी रमेशकुमार खड्काले नौ हजार ५२४ मत प्राप्त गर्नुभएको छ ।

यसअघि उक्त निर्वाचन क्षेत्रबाट एमालेका महासचिव ईश्वर पोखरेल विजयी भइसक्नुभएको छ ।

निर्वाचन अधिकृत अर्यालले भोलि बिहानबाट समानुपातिकतर्फको मतगणना हुने जानकारी गराउनुभयो ।

प्रतिक्रिया