अझै थाकेका छैनन मुख र कान

इनेप्लिज २०७४ मंसिर १८ गते ०:५९ मा प्रकाशित

विनोद रोका, न्युर्योक

भन्नेका मुख अझै थाकेका छैनन

सुन्नेका कान अझै पाकेका छैनन

भन्नेहरु भनि रहेका छन

सुन्नेहरु सुनि रहेका छन,

यहा,

भन्नेलाई भनि सक्न हतार छ

सुन्नेलाई सुनेर हिडन हतार छ

भन्नेहरुको अहंकार अझै रित्तिएको छैन

सुन्नेहरुको अहंकारमा राख्ने ठाऊ छैन।

त्यसैले,

भन्नेहरु अझै भनि रहेका छन

सुन्नेहरु व्यर्थै सुनि रहेका छन

किनकि,

भन्ने मान्छे भनाई जस्ता छैनन

सुन्ने मान्छे बुमmने जस्ता छैनन

अनित,

भन्नेका मुख थाकेका छैनन

सुन्नेका कान पाकेका छैनन।

प्रतिक्रिया