परदेशी युवाको बास्तविक पिडा, संगै बस्ने सपना पुरा भएन (भिडियो हेर्नुहोस्)

इनेप्लिज २०७४ मंसिर १६ गते १६:५४ मा प्रकाशित

परदेशी युवाको बास्तविक पिडा, संगै बस्ने सपना पुरा भएन (भिडियो हेर्नुहोस्)
काठमाडौं । देशमा रोजगारी पाउँन नसकेपछि बिदेशिन बाध्य नेपाली युवाहरुको कथा ब्यथा समेटिएको गीत परदेशीको बिलौना सार्वजनिक भएको छ । गायक तथा संगीतकार प्रियजन राई र गायिका तथा मोडल ऋतु कोईरालाको स्वरमा सजिएको पुर्वेली लोकभाकामा रहेको उक्त गीत सार्वजनिक भएको हो ।

नेपाली गीत संगीतको उत्पादनसँगै प्रतिभाहरुलाई उचित स्थान दिने भरपर्दौ कम्पनीको रुपमा परिचित छ पुर्वेली जुनतारा म्युजिक प्रा.लि. । यही कम्पनीबाट सार्वजनिक भएको परदेशीको बिलौना बोलको उक्त गीतको शब्द नर बहादुर राई र देव झिंगु पुलामी मगरले लेखेको हुन् भने प्रियजन राईले संगीत गरेका छन् । संगीतकार राई ऋतु कोईरालाको स्वर रहेको गीतलाई नबिन पन्तको निर्देशनमा जिवन श्रेष्ठले छायाँकन गरेका छन् । पुर्णिमा लामा, बादल र तुलसाले अभिनय गरेको भिडियोको सम्पादन मनिष कार्कीले गरेका छन् । यसको प्रस्तुतकर्ता भने नर बहादुर राई र निकल चोङवाङ हुन् ।

बाँकी भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया