साँगाको खोल्सामा भेटियो आधा कुहिसकेको लाश, घटना रहस्यमय बन्दै/प्रहरी भन्छ; हत्या होइन [ भिडियो सहित ]

इनेप्लिज २०७४ मंसिर १५ गते २२:३० मा प्रकाशित

भक्तपुर, मङ्सिर १५ । काभ्रे र भक्तपुरको सिमाना साँगा भन्ज्यांगमा एक शब फेला परेको छ। साँगा भन्ज्यांगको मुसी गणेश मन्दीर नजिकै आधा शरीर कुहिसकेको अवस्थामा शब फेला परेको हो ।

स्थानियवासीले सिंचाईको लागि पानी लगाउन मुहानमा जाँदा वेवारिसे अवस्थामा शब देखेपछि महानगरीय प्रहरी वृत्त जगातिमा खबर गरेका थिए। खबर लगत्तै प्रहरी टोलि घटनास्थलमा पुगेको थियो।

शबसंगै भएको सरसामान र पुर्वउजुरी अनुसार प्रहरीले शब पहिचान गरिसकेको छ। गत मङ्सिर ७ गते मृतकका साथीले ‘मङ्सिर ३ गतेदेखि फागु टुडु नामका व्यक्ति हारएको’ भनि महानगरीय प्रहरी वृत्त जगातिमा उजुरी दिएका थिए।

 

उजुरी दिने व्यक्ति(फागु टुडु संगै बस्ने साथी) प्रहरीको खबरअनुसार स्वयम् घटनास्थलमा पुगेर शबलाई पोष्ट मार्टमको लागि भक्तपुर अस्पताल ल्याएका थिए।

घटनाको प्रकृति हेर्दा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने र शरीरमा कुनै घाउचोट नदेखिएको हुँदा हत्या हुन नसक्ने भक्तपुर प्रहरी प्रवक्ता कृष्ण प्रसाईले पिएनपिखबरलाई बताउनुभयो ।

मृतक फागु टुडु ३७ बर्षको भएका र झापा जिल्ला घैलाडुडा वडा नम्बर ९ लकडीगद्धी गाउँमा बस्दै आएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन। उनी कामको सिलसिलामा भक्तपुरको सिपाडोलमा बस्दै आएका थिए। उनी ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । सहकर्मीले छारे रोग समेत भएको र भीरदेखि डर लाग्ने भएकोले भीरबाट लडेर मृत्यु भएको हुन सक्ने बताए ।

साँगा भन्ज्यांगमा यो घटना मात्र होइन यसअघि पनि बिगत लामो समयदेखि विभिन्न हत्याका घटना समेत भएको छ । घटनास्थल नजिकै केहि मिटरको दुरीमा प्रहरी चौकी समेत रहेको छ ।

https://www.youtube.com/watch?time_continue=2&v=Low7_WdRRHw

प्रतिक्रिया