‘ह्याप्पी न्यु ईयर’ पौष १४ गतेबाट देशभर प्रदर्शनमा…

इनेप्लिज २०७४ मंसिर १५ गते २:४६ मा प्रकाशित

अंग्रेजी नयाँ वर्ष २०१८ लाई मध्य नजर गरेर डिसेम्बर २९ अर्थात पौष १४ गते फिल्म ‘ह्याप्पी न्यु ईयर’ देशभर प्रदर्शन हुने भएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको फिल्म ‘ह्याप्पी न्यु ईयर’ त्रिकोणात्मक प्रेमकथा आधारित रहेको छ । आरके एम प्रोडक्सनको व्यानरमा अभिनेता कुशल कै निर्माण र रती श्रेष्ठको प्रस्तुती रहको यस फिल्म देवकुमार श्रेष्ठको  निर्देशनमा बनेको हो

। फिल्ममा अभिनेता कुशल थापा, पुकार गौतम ,संध्या केसी,  इश्वर थापा, पदम शाक्य,सुजता केसी,मुक्ति रोक्का लगायतका कलाकारको मुख्य अभिनय छ । चलचित्रमा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

प्रतिक्रिया