विदेशिएका नेपालीलाई रूवाउने गीत आउँदै

इनेप्लिज २०७४ मंसिर १२ गते ११:२७ मा प्रकाशित

विदेशिएका नेपालीलाई रूवाउने गीत आउँदै – संवाददाता/काठमाडौं मंसिर- आजभोलि गाउँघरका अधिकांश युवा कामको खोजीमा बिदेसिएका छन् । उनीहरू दुःख गरेर पनि परिवारलाई रकम पठाउँछन् । परिवार र भन्नु पर्दा समग्र देशनै रेमिट्यान्सले बाचेको  छ । रेमिट्यान्सले नेपालको अर्थतन्त्र र नेपाली समाजमा महत्त्वपूर्ण भूमिका खेलेको छ  । नेपालमा अधिकांश परिवार प्रत्यक्ष तथा परोक्ष रूपमा रेमिट्यान्समा आश्रित छन् । माओवादीले गरेको दसबर्से सशस्त्र द्वन्द्वको क्रममा पनि रेमिट्यान्सले देशलाई टेवा पुर्‌याएको थियो । नत्र देशको अर्थतन्त्र नै धराशायी हुन्थ्यो । त्यस्तै भारतले गरेको नाकाबन्दी, मधेस आन्दोलन र विनासकारी भूकम्पको बेलामा पनि रेमिट्यान्सले महत्त्वपूर्ण भूमिका खेल्यो । रेमिटान्स भित्र्याउनमा योगदान पुर्याएका युवाहरूको कथा, ब्यथालाई समेटेर विदेशिएका सबै नेपालीलाई रूवाउने गीत बजार आएको  छ । मनोज बाबुको स्वरमा एउटा अत्यन्तै मार्मिक  ”म परदेशमा पल पल आँशु सँग खेल्छु, रेमिट्यान्सले देश बचाउँछु बरू दुख झेल्छु” बोलको गीत आलाप रेकर्डिड. स्टुडियोमा रेकर्ड भएको छ । सुबिसुधा आचार्यको शव्द, छबिलाल भन्डारीको संगीत रहेको यस गीतको एरेन्ज झलक संगीतम् ले गरेका छन् । गीतको म्युजिक भिडियोको निर्देशन कोरियामा रहेका नेपाली कुशल निर्देशक कमल वलीले गर्दै छन् । आफन्तको साथबाट टाढा रहेर विदेशिएका लाखौं नेपालीहरूको विदेशको दर्दनाक पीडा, दुख ब्यथा जस्ताको त्यस्तै गीतमा उतारिएको छ । यो गीत सुनेर विदेशिएका नेपाली युवाहरू नरूने कमै हुनेछन् । …………..,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, (सत्य र निश्पक्ष समाचारका लागि गीत रेकर्ड भएको प्रमाणित चल दृश्य तलको लिंकमा

विदेशिएका नेपालीलाई रूवाउने गीत रेकर्डिड. हुँदै — म परदेशमा पल पल दुख संग खेल्छु बोलको गीत ! शब्द: सुबिसुधा आचार्य, संगीत: छबिलाल भन्डारी, एरेन्ज: झलक संगितम् र श्वर:- मनोज राज । Aalap Recording Studio Kathmandu.

Posted by Aalap Stdio on Sunday, November 26, 2017

प्रतिक्रिया