एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीतामा Let’s Dance Team को पाँचौ प्रतिस्पर्धी भिडियो सार्बजनिक (प्रतिक्रिया दिनुहोस )

इनेप्लिज २०७४ मंसिर १२ गते १:५६ मा प्रकाशित

दुनियाँ नचाउने अभियान ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु भएसंगै प्रतिष्पर्धीहरुका नृत्य समेत आउन थालेका छन् । यसैक्रममा Lets Dance Team’ को पाँचौ प्रतिष्पर्धी नृत्य सार्बजनिक गरिएको छ । प्रतिष्पर्धाका लागि छनौट गरिएको समिर आचार्यको घिनघिन बज्यो मादल बोलको गीतमा उक्त समुहले प्रतिष्पर्धि नृत्य गरेको हो । सार्बजनिक भिडियोमा समिक्षा पौडेल , मास्टर जैवि , पोपिंग पारश , आश्मोन आशिष ले नृत्य प्रस्तुत गरेका छन् । गीतको छायांकन दाङ्ग मा गरिएको छ। प्रस्तुत गीतको भिडियोमा Lets Dance Team कै कोरियोग्राफ रहेको छ भने अमृतमान ओली को छायांकन तथा सम्पादन रहेको छ ।

गायक आचार्यका घिनघिन बज्यो मादल र मेरो स्टाईल यस्तै छ बोलको गीतमा कुनै एउटा गीतमा नृत्यु गर्न सकिने प्रतियोगीता आयोजक युएस खबर अनलाईनले जानकारी दिएको छ । यो प्रतियोगीता अन्तर्गत पहिलो हुने समुहले २ लाख पुरस्कार तथा अष्ट्रेलिया भ्रमणको अवसर पाउने छन् भने दोस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
गीतमा नृत्य गरेको भिडियो खिचेर पठाउनु पर्ने यो प्रतिष्पर्धामा सोही भिडियो नृत्यलाई हेरेर निर्णायक हरुले निर्णइ लिने छन् । प्रतियोगीताको निर्णायकमा नायिका प्रियंका कार्कि, नृत्य निर्देशन गम्भिर बिष्ट, नायक गजित बिष्ट, नायक पृथ्वीराज प्रसाई र मोडेल तथा नायक बिबेक सिंह ठकुरी रहेका छन् । प्रतियोगीताको मुख्य प्रायोजकमा एक्सपर्ट भिजा सेन्टर रहेको छ भने एचडिएनपि ईन्टरनेशनल, एसपी नर्सिङ कलेज,एक्सपर्ट टेलि च्वाईस,आईएमई ज्याक्सन ईन्स्युरेन्सले पनि यस प्रतियोगितालाइ स्पोन्सर गरेका छन् । प्रतियोगीता नोभेम्बर १ देखि सुरु भैसकेको छ । आयोजकले प्रतियोगीतामा भाग लिन ईच्छुकहरुलाई सहभागीताका लागि अनुरोध समेत गरेको छ ।
यूएस खबर अनलाइनको आधिकारिक Youtube Channel मार्फत सार्बजनिक गरिएका प्रतिस्पर्धीहरुको नृत्यहरुको Youtube मा आएका कमेन्ट , लाइक र भ्यु संगै निर्णायकहरु को मतका आधारमा पहिलो , दोश्रो र तेश्रो घोसना गरिने आयोजकले जनाएको छ । साथै प्रतिस्पर्धामा सहभागी हुनु पुर्ब www.ctdnepal.com मा गएर आफ्नो टिम दर्ता गराउन समेत आयोजकले अनुरोध गरेको छ

प्रतिक्रिया