आफूसँग बिहे गर्नको लागि प्रस्तावसहित पठाइएको केटाको फोटो हेर्नासाथ केटीले आत्महत्या गरेको सनसनीखेज घटना सार्वजनिक भएको छ । १५ वर्षकी किशोरीसँग बिहे गर्नको लागि ती युवकको फोटो पठाइएको थियो । तर फोटो हेर्नासाथ किशोरीले आत्महत्या गरेको बताइएको छ ।
ती किशोरीको बिहेको कुरा केही दिनदेखि चलिरहेको थियो । भारतको आगराकी ती किशोरीलाई बिहेको लागि दबाब आइरहेको थियो । बिहे गर्ने भनिएका युवकको फोटो ह्वाट्सएपमार्फत आएको थियो । तर ती किशोरीले फोटो नै नहेर्ने अडान लिइन् । उनका परिवारले फोटो एकपटक हेर्न र मन नपरे कुरा अगाडि नबढाउने बताएका थिए तर उनले फोटो नै नहेर्ने अडान लिइन् । परिवारले भने एक पटक फोटो हेरिदिन दबाब दिइरहे ।
यही दबाबका बीच हिजो शनिबार उनले फोटो हेरेकी थिइन् र युवक काला थिए। लगत्तै हिजोकै दिन दिन दिउँसो उनी घरमा एक्लै थिइन् । उनले कपडा धोइन् र सुकाउनको लागि छततिर गइन् । तर छतमा नपुग्दै पहिलो तलामा रहेको आफ्नो कोठाबाहिर धोएका कपडा राखेर कोठाभित्र गइ चुल्लीको फाँसी लगाएर आत्महत्या गरेको बताइएको छ । उनको शवलाई पोष्टमार्टमको लागि पठाइएको छ । कुनै सुसाइड नोट नभेटिएको र पोष्टमार्टम रिपोर्ट आएपछि अगाडिको कारवाही गरिने प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?time_continue=22&v=m17RwDj5MNw
प्रतिक्रिया