सयौ बर्ष पुरानो संरचना भेटियो भक्तपुरमा, मल्लकालदेखि राणाकालसम्मको संरचना/बेलायति बिज्ञ नै अचम्ममा [हेर्नुस भिडियो सहित]

इनेप्लिज २०७४ मंसिर ८ गते १३:५६ मा प्रकाशित

भक्तपुरमा विभिन्न देवदेवीहरूका देवालय मन्दिर मठ तिर्थस्थलहरू जताततै भएको र मन्दिरमा कुँदिएको नेपाली शैलीको कलात्मक कौशल एवं सांस्कृतिक तथा धार्मिक भावनामा ओतप्रोत भएकाले र भक्तपुरका बासिन्दा ज्यादै धर्मात्मा भएकाले राणा प्रधान मन्त्री जुद्ध शम्शेरबाट साविक नाम भादगाउँको सट्टा भक्तहरूको पुर अर्थात शहर भक्तपुरको नामाकरण भएको देखिन्छ।

भक्तपुरको जिल्ला आफैमा एक ऐतिहसिक नगरी हो। भक्तपुरको जिल्लाको दरवार स्क्वायरमा रहेको श्रीपद्म उच्च माध्यमिक विद्यालयको परिसरमा उत्खनन् गर्दा सयौं वर्ष पुरानो भग्नावशेष सहितको संरचना भेटिएको छ । पुरातत्व विभाग नेपालको प्राचीन ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक सम्पदाको लेखाजोखा, वर्गीकरण तथा संरक्षणका लागि काम गर्ने सरकारी निकाय हो। अध्यन गर्ने क्रममा पुरातत्व विभागले उत्खनन कार्य सुरु गरेको हो। पुरातत्व विभागले विशेष दुरामी विश्वबिद्यालयका आर्कियोलोजिस्ट डा. क्रिस्टोफर डेभिस मार्फत भक्तपुरमा उत्खनन् कार्य हुदै गरेको जानकारी पाइएको छ।

हेर्नुस भिडियो:

प्रतिक्रिया