अमेरिकामा रहेका नेपालीले धन्यवाद दिवस मनाउदै पाताल मयूरको स्वाद यसरी लिए 

इनेप्लिज २०७४ मंसिर ८ गते २:५९ मा प्रकाशित

 

विजय थापा ,अमेरिकामा नब्बे को दशक देखि बिज गणतीय रुपमा नेपालीहरुको जन घनत्व वृद्धि संगै नेपाली चाड पर्व झैँ अमेरिकन चाड पर्व त्यतिकै मनाउने थालिएको छ l अमेरिकामा अन्य चाड पर्व मनाई सकेका नेपाली मूलका नेपाली हरुले अमेरिकन महत्वपूर्ण चाड  थ्याङ्कसगिभिङ् डे (धन्यवाद दिवस ) हर्सो उल्लास साथ मनाएका छन् l यो क्रम जारि रहेको छ l

उक्त दिन अन्य स्वादिष्ट परिकारका खाना संगै मुख्य रुपमा अमेरिकामा पाइने एक प्रकारको पंक्षी टर्की खाने गरिन्छ l नेपालमा पाइने तित्रा भन्दा ठुलो र खास गरि कालेज भन्दा ठुलो पंक्षी हुन्छ l बिशेष टर्की (पाताल मयूर ) लाई बिभिन्न तरिकाले पकाई खाने गरिन्छ l

थ्याङ्कसगिभिङ् डे अर्थात् धन्यवाद दिवस इसाईहरुको एउटा प्रमुख चाड हो । यो अमेरिका र क्यानडामा लगायत अन्य देशहरुमा पनि मनाइन्छ । अमेरिकामा यो नोभेम्बरको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ । त्यसदिन सबै सरकारी कार्यालयहरु बिदा हुन्छन् भने धेरैजसो कामदारले बिदा पाउँछन् ।

यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने हो। यो भगवानलाई धन्यवाद दिन मनाउने थालिएको चाड हो । अमेरिकामा थ्याङ्कसगिभिङ् डेको भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई ब्ल्याक फ्राइडे (कालो शुक्रबार )भनिन्छ। उक्त दिन धेरै पसलहरुले सामान निकै सस्तोमा बेच्छन् भने उक्त दिन सबैभन्दा ज्यादा बिक्रि हुने दिन पनि हो ।

अन्य चाड भन्दा यो पर्वलाई ज्यादा महत्व दिने गरिन्छ भने पारिवारिक भेटघाट ज्यादा गरिन्छ l एकै थलोमा ४ पुस्ते सम्म जम्मा भएर खानपिन गरि मनाउदछन l धन्यवाद दिवसलाई क्रिसमस या हैलोवीन भन्दा पनि ज्यादा मन पराइञ्छ l

१६२१ देखि यो दिवस मनाइन थालिएको हो भने अमेरिका,क्यानडा ,लाइबेरिया ,सेन्टलुसिया ,अस्ट्रेलियाको नर्फोक आइल्याण्ड तथा नेदरल्याण्डको लिडेनमा मनाइन्छ l  धन्यबाद दिवस परम्पराको सुरुवात हालको म्यासिचुसेट्स राज्यबाट बाट सुरु गरिएको ऐतिहासिक पृष्ठभुमि रहेको छ भने त्यस पछि १६२१ देखि यो उत्सव भर्जिनिया बाट सुरु भएको ईतिहासकारले जनाएका छन् l

अमेरिकन संचार बिभिन्न माध्यम का अनुसार धन्यबाद दिवस सप्ताहमा झन्डै ४० लाख ले हवाई यात्रा गर्ने तथा ४ करोड मानिस सडक मार्ग को माध्यम द्वारा यात्रा गर्ने उल्लेख गरेका छन  l संचार माध्यमले धन्यबाद दिवस सप्ताहमा बिहान ६ बजे हिड्न उत्तम समय भएको र बुधबार २२ तारिख दिउसो ३ बजे सबै भन्दा खराव हुने जनाएको छ l

यसै गरि धन्यवाद दिवस समाप्त पछि आईतबार आफ्नो स्थानमा फर्कने उत्तम समय बिहान ६ बजे हो भने सबै भन्दा खराब समय शनिबार ४ बजे दिउसो देखि हुने समाचार लेखेका छन् l

प्रतिक्रिया