म्यारिल्याण्ड अबस्थित नासा (NASA) मा कार्यरत ईन्जिनियर जिङ्ग वे युको प्रयास र प्रायोजकमा न्युभिजन एकेडमी शारदानगर चितवनमा साईबर अपराध र सुरक्ष सम्बन्धी तालिम सम्पन्न

इनेप्लिज २०७४ मंसिर १ गते २२:५७ मा प्रकाशित

डा. रामहरि सुबेदी, नोभेम्बर १७, २०१७, वाशिङ्टन डिसी – अमेरिकाको म्यारिल्याण्ड राज्यमा अबस्थित नासा (National Aeronautics and Space Administration NASA) मा कार्यरत ईन्जिनियर जिङ्ग वे युको प्रयास र प्रायोजकमा न्यु भिजन एकेडमी शारदानगर चितवनमा साईबर अपराध र सुरक्ष सम्बन्धी तालिम २ दिने तालिम सम्पन्न भएको छ ।

८ देखि १० सम्मका करिब १६० बिद्यार्थीहरुलाई ३ चरण गरि २ दिने प्रशिक्षण संञ्चालन गरिएको थियो । हाल अन्तराष्ट्रिय  भु-उपग्रह अनुसन्धान केन्द्र नासामा कार्यरत अमेरिकी नागरिक जिङ्ग वे युको आर्थिक सहयोगमा उक्त कार्यक्रम संञ्चालन गरिएको हो । जिङ्ग वे यु बिगत केहि बर्ष साईबर सेक्युरिटी ईन्टरन्यासनलका संस्थापक डा रामहरि सुबेदीसंग कार्यरत हुनुहुन्थ्यो । कार्यक्रमको सुरुवात यु ले अमेरिकाको नासाको कार्यालयबाट बिद्यार्थीहरुलाई पठाउनु भएको भिडियो संन्देशबाट सुरु गरिएको थियो । सन्देशमा यु ले अहिलेको आधुनिक युगमा ईन्टरनेटलाई सुरक्षित तरिकाले चलाउनु पर्ने कुरा बताउनु भएको थियो ।

23732188_380186822426490_1894982196_o.jpg
३ चरणमा सुरु गरिएको कार्यक्रममा साईबर सेक्युरिटी ईन्टरन्यासनलकी प्रशिक्षक पुजा गुरुङ्गले फोन, फेसबुक, ईन्टरनेट, मोबाईल, वाईफाई, कम्प्युटरलाई कसरि सुरक्षित राख्ने र ईन्टरनेटको माध्ययमद्वारा हुने अपराधिक कृयाकलापबाट कसरि बच्ने भन्ने बिषयमा सहभागि बिद्यार्थीहरुलाई र शिक्षकहरुलाई प्रशिक्षण दिनु भएको थियो। मुना भट्टद्वारा कार्यक्रममा सहभागी सबैको नाम संकलनको साथै, फोटो, भिडियो खिचिएको थियो ।
23698410_380627485715757_57921688_o.jpgसन २०१५ देखि साईबर सेक्युरिटी ईन्टरन्यासनलले साईबर अपराध र सुरक्षा सम्बन्धी नेपालका २०० भन्दा बढि प्रशिक्षणहरु संञ्चालन गरि सकेको छ भने उक्त कार्यक्रमबाट करिब २५,००० (पच्चिस हजार) भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन  । नेपालमा मात्र नभै  क्यानडा र अमेरिकाको बिभिन्न राज्यहरुमा पनि यो कार्यक्रम संञ्चालन गरिएको छ । यस संस्थाका संस्थापक हाल अमेरिकाको भर्जिनिया निबासी प्रोफेसर डा. रामहरि हुनुहुन्छ । डा. सुबेदीले अबिकसित देशमा साईबर अपराध र सुरक्षाको बिषयमा अमेरिकाको बिश्वबिद्यालयबाट बिद्याबारिधी प्राप्त गर्नु भएको हो । डा. सुबेदी प्रबासमा बस्ने लोकप्रिय अनलाईन पत्रिका डिसीनेपाल डटकमको संस्थापक हुनु हुन्छ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले डा. सुबेदीलाई साईबर सुरक्षा सल्लाहकारको रुपमा नियुक्ती पनि गरेको छ । अमेरिकाको भर्जिनिया राज्यमा मुख्यालय रहेको यस संस्थाको नेपालमा काठमाण्डौं, चितवन, तनहुँ र झापा जिल्लामा उपसाखाहरु पनि रहेका छन ।

प्रतिक्रिया