सलाम !! रचना: श्रीजन ताम्राकार (ओकिली) बाल्टिमोर – मेरिल्याण्ड, नोभेम्बर १३, २०१७

इनेप्लिज २०७४ कार्तिक २९ गते ९:०६ मा प्रकाशित

 


..म कतै भिडहरुमा हराउँदा पछ्याउने
ती आँखाहरुलाई सलाम,
कहिलेकाहीँ एकान्तमा सुकसुकाउँदै रुने,
मनहरुलाई सलाम।।
कहिलेकाहीँ एकान्तमा सुकसुकाउँदै रुने,
मनहरुलाई सलाम।।

गाउँ, घर, मेला, पात, भञ्ज्याङ् चौतारीहरु
उकाली ओराली सुसेल्दै हिँड्ने ती दौँतरीहरु
भुलेको छैन यै छाती बिचमा सम्झना टाँसेको छु
नमरे भोलि यो दुइ दिनको चोली फर्केर आउने छु।।
नमरे भोलि यो दुइ दिनको चोली फर्केर आउने छु।।

मुग्लाने बाटो, यात्रा कठिन त्यस्तै
तिमी हामी सवैको बिबसता छ उस्तै
कसलाई पो होला जिउने यस्तो रहर
पल पल जिउँदो लाश बनेर।।
पल पल जिउँदो लाश बनेर।।

गल्ली दोबाटोहरुमा ढलेको बेला
उठाउने ती साथहरुलाई सलाम
आ-आफ्नो दैव सँग मागी पठाएका
सुस्वास्थ, सफलताको कामनाहरुलाई सलाम।।
सुस्वास्थ, सफलताको कामनाहरुलाई सलाम।।

..कतै भिडहरुमा म हराउँदा पछ्याउने
ती आँखाहरुलाई सलाम,
कहिलेकाहीँ एकान्तमा सुकसुकाउँदै रुने,
मनहरुलाई सलाम।।
कहिलेकाहीँ एकान्तमा सुकसुकाउँदै रुने,
मनहरुलाई सलाम।।

प्रतिक्रिया