टप मोडल २०१७ को बिजेता बन्न सफल भए पुरुस्वतम र सबिना

इनेप्लिज २०७४ कार्तिक २८ गते ४:३८ मा प्रकाशित

काठमाडौँ : फेशन संसार डट कमको आयोजनामा राष्ट्रिय नाचघरमा सम्पन्न भएको ग्रान्ड फिनालेमा टप मोडल २०१७ मा बिजेता पुरुस्वतम मलिक र सबिना भण्डारी बिजेता बन्न सफल भएका छन l  आफुहरुलाई अन्य प्रतिस्प्रधी भन्दा फरक,बिउटिफ़ुल  ह्यान्डसम र बौद्धिक रुपमा अब्बल साबित गर्दै अन्य प्रतिस्प्रधीहरुलाई पछि पार्दै  पुरुस्वतम मलिक र सबिना भण्डारीले उक्त ताज पहिरहन सफल भएका थिए l त्यस्तै टप मोडल २०१७ मा केटा तर्फ फर्स्ट रनरअप विकल्प शर्मा र सेकेन्ड रनरअप गणेश चन्द  बन्न सफल भएका थिए भने केटि तर्फ फर्स्ट रनरअप रन्जिता भट्टराई र सेकेन्ड रनरअप संगीता थापा भएका थिए l

प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य  गरेको आयोजक फेशन संसार डट कमको सी ई ओ ओम ढुंगेलले जानकारी गराए l

टप मोडल २०१७ को अन्तिम प्रतिश्प्रधामा संचारकर्मी तथा कलाकार सुर्य चन्द, मोडल तथा नायिका खुस्बु खड्का, इभेन्ट अर्गानाइजर निशु झा, नायिका नम्रता झा र कलाकार अजय पोखरेल अज्जु निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए l

टप मोडल २०१७ सौन्दर्य प्रतियोगिताको कोरियोग्राफर अज्जु मन्सुरले गरेका थिए भने  फेशन संसार डट कम उक्त प्रतियोगिता आयोजना गरेको थियो  l फेशन संसार डट कमको डाइरेक्टर सुरेक्षा भट्टराईका अनुसार यस  सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त भएकी छिन र भविष्यमा यस्ता कार्यक्रमले गर्दा युवा युवतीहरुलाई प्रोत्साहन मिल्ने आत्मा बिश्वासका साथ उनीहरुको भबिष्य निर्माणमा सहयोग पुग्ने कुरा पनि उनि बताउछिन।टप मोडल २०१७ कार्यक्रमको संचालन आश्विनी झा तथा सन्नी निधिले गरेका थिए  l

प्रतिक्रिया