गायिका मेलिना र दलजेरी राई प्रितीको सुबास छरौ भन्दै निशाने डाँडामाःप्रहरीले पक्राउ गरेनन्

इनेप्लिज २०७४ कार्तिक २७ गते २२:४१ मा प्रकाशित

रोशन मेवाहाङ्ग –
काठमाण्डौं, , कार्तिक २८ । गीतकार राम रेप्चुङ राईको रचना मायाप्रेममा आधारित ‘सिरिमा सिरी’ बोलको म्युजिक भिडियोको छायांङकनमा चुनावी सुरक्षामा खटिएका प्रहरी गस्तिटोलिले सुटिङ्गस्थलमा पुगेर मनोरन्जन लिईएको गीतलाई संङस् नेपालले आफ्नो सामाजिक संन्जाल युट्युव मार्फत सार्वजनिक गरेका छन् ।

सोल्टा-सोल्टिनी भित्रको मायाप्रेममा सजिएको रचनालाई चर्चित गायिका मेलिना राई र गायक दलजेरी राईले मिठो आवाज दिएका छन् । अमेरीकाबासी गायक राईले पहिलो पटक रेकड गरिएको गीतमा एउटा सुन्दर जवानीलाई हरेक उपमाले नामकरण गर्दै कहिले रानिबनको फुलको उपमा कहिले माया प्रिती लगाएर सुबास छरौ जस्ता सुन्दर विम्बुहरुले मिठो माया र सम्वोधनको भाव गीतकार राईले प्रस्तुत गीतमा झल्काएका छन् । मोडल शिल्पा तामाङ अभिनीत भिडियोमा डान्स गु्रप ‘भीमफेदी गाइज’ को फिचरिङ रहेको छ । निर्मल लामाद्वारा निर्देशित ‘सिरिमा सिरी’ बोलको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् भने चर्चित संगीतकार बसन्त सापकोटाले मिठो संगीत भरेका हुन्।

भोजपुरको सिन्दाङमा जन्मिएका रेप्चुङले नेपाली साङ्गीतिक क्षेत्रमा छुट्टै किसिमका गीति लेखन वि. स. २०६२ सालदेखि सुरुवात गरेका थिए । उनले केही साताअघि मात्र ‘सोल्टिज्यू’ बोलको पूर्वेली लोकआधुनिक गीतको भिडियो सार्वजनिक गरेका थिए । सो म्युजिक भिडियोले सांगीतिक बजारमा चर्चा पाइरहेकै बेला उनले ‘सिरिमा सिरी बतासै चल्यो‘’ बोलको भिडियो यु-ट्युबमार्फत सार्वजनिक गर्ने निर्णय लिएका हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा व्यवसायिक गीतकारका रुपमा स्थापित रेप्चुङले आमा-बुबाको मायाको अनुभूति गर्न नपाउदै टुहुरो बने । आफ्नो बाल्यकाल र अहिलेको गीतिकारितालाई सम्झिँदै रेप्चुङले भने- ‘ ‘सानो उमेर छदै दुःखमा झेलिएका कारण गीतकारको रुपमा स्थापित हुदैछु, यो मेरा जीवनका दुःखहरु अन्तत गीतमा उतारेर आत्मसन्तुष्टि लिईरहेको छु ।’

नेपाली फिल्म ‘हिरासत’ मा ‘तिम्रो ओठैको लालिमा’ बोलको गीत लेख्न अवसर पाएका गीतकार राईको प्राश्व लेखनमा झन् दरिलो सम्भावना बढ्दै गहिरहेको संगीतकार चन्द्र श्रेष्ठले बताए । उनले रचना गरेका ‘डोलि चढि गयौ तिमी’,‘कति बोक्न’े,‘भुलु भन्छु बैगुनिलाइर्’,‘सागर कस्ले बनायो ’,‘तिमीले टेक्ने धर्ती एउटै’,मोरङ जिल्ला’,‘तिमीलाई भेट्न’,‘सोल्टी ज्यू ’,‘छाडेपनि यो हावा बहन’,‘बरैको छाया’ लगायत ३०० भन्दा बढी गीतहरुले दर्शक श्रोताहरुको मन जित्न सफल बनिरहेका गीतकार अहिले स्वदेश तथा विदेशमा रहेका दर्शकहरु माँझ निकै चर्चामा थालेका छन् ।

प्रतिक्रिया