सफल मोडल र डक्टर बन्ने सुरमा अनु

इनेप्लिज २०७४ कार्तिक २३ गते १९:३७ मा प्रकाशित

काठमाडौं । नोभेम्बर १०.

अनु खड्का विगत ३ वर्ष देखि नेपाली मोर्डलिङ्ग क्षेत्रमा कहलिएको नाम हो । पाँच फिट एक ईन्च अग्ली २० बर्षिया अनु खड्काले ६ बटा भन्दा बढी म्यूजिक भिडियोहरुमा अभिनय गर्नुभएको छ ।

उनी हालैमात्र भक्तपुरमा आयोजित मिस भक्तपुर २०७४ मा मोस्ट ट्याल्याण्ट अबार्ड बाट सम्मानित भएकि छिन् । एक महिना अगाडी सिन्धुलिमा आयोजना गरिएको मिस सिन्धुलि आईडल २०७४ मा गेस्ट आटिस्ट र मिस टिन सिन्धुलि २०७४ मा जर्ज भएर उहाँले धेरै अनुभब बटुलिसक्नु भएको छ । सामान्य परिवारमा हुर्केर हिमाल डेन्टल हस्पिटलमा तेस्रो बर्षमा अध्यायनरत रहेकी उनी पूmसर्दंको समयमा पत्रपत्रिका पढ्ने, नयँ नयाँ ठाउ घुम्ने, बास्केटबल खेल्ने, अनलाईन फोटो भिडीयो पोष्ट गर्ने प्रबृतिकी छिन् विभिन्न नाटक तथा नृत्यको पनि तालिममा व्यस्थ रहेकि अनु हाल भक्तपुर राधेराधमा बस्छिन् ।

विभिन्न र¥याम्प शो, म्युजिक भिडीयो, कल्चरल डान्स, फोटो सेसन आदिमा आबध्व रहेकी अनु खड्का लाई यो क्षेत्रमा आउन घरपरिवार तथा साथी संगिनीहरुवाट पनी राम्रौ साथ मिलेको बताउँछिन

प्रतिक्रिया