पुर्बाञ्चलमा साहसी तथा कर्मठ महिलाको रुपमा परिचित-नेत्री निरु परियार

इनेप्लिज २०७४ कार्तिक २२ गते १३:५४ मा प्रकाशित

झापा : बिगत १३/१४ बर्ष देखि मोटरसाइकल ग्यारेज संचालन गरि मेकानिकको काम गर्दै आएकी साहसी तथा कर्मठ महिला उद्धमीको उपनामले चिनिएकी निरु (निर्मला) परियार झापाको मात्र नभएर पुर्बाञ्चलको नै पहिलो महिला मेकानिकको रुपमा प्रख्यात छिन l काम अनि आफ्नो पेशालाई सानो ठुलो नभनी मेहनत र परिश्रम गर्ने स्वाभाब भएकी निरुले यहि पेशा बाट सफलता समेत हात परेकी छिन l झापाको चारआलीमा २०६० साल देखि मोटरसाइकलको ग्यारेज संचालन गरि मेकानिकको काम गर्दै आएकी निरुको परिचय यतिमा मात्र सिमित छैन l पेशाले महिला मेकानिक भनिएर चिनिए पनि उनि समाजसेवा तथा राजनीतिमा पनि उत्तिकै सक्रिय छिन l महिला दिदिबहिनिहरुको लागि प्रेरक तथा उदाहरण बन्न सफल निरु परियार यस स्थान सम्म आईपुग्न धेरै संघर्ष र मेहनत गर्नुपरेको कुरा बताउछिन l सुरु सुरुका दिनहरुमा महिलाले पनि मोटरसाइकल बनाउन सक्छ ? मोटरसाइकलको ईन्जिन बनाउन सक्छ ? मोटरसाइकल सर्भिसीङ गर्न सक्छ ? यो त केटाहरुले गर्ने काम हो भन्नेहरु अहिले उनको सफलता देखेर अचम्ममा परेका छन l त्यसैले उनि भन्छिन काम कुनै पनि ठुलो सानो हुदैन मात्र काम गर्ने ईच्छाशक्ति हुनु पर्छ अनि लगातार रुपमा बिचलित नभई मेहनत र परिश्रम गर्दै काम गर्यो भने एकदिन अबस्य सफलता हासिल गर्न सकिन्छ l

दर्जनौ सामाजिक संघ सस्थामा आबद्ध भएर सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी निरु परियार करिब २ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानिय सम्मान बाट समेत सम्मानित भईसकेकी छिन l

स्थानिय तथा राष्ट्रिय स्तरमा राजनीतिमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएकी निरु (निर्मला) परियार नेकपा एमालेको तर्फ बाट मेची नगरपालिकाको कार्यपालिका सदश्य समेत हुन l आफ्नो क्षेत्रमा हुने हरेक समस्यमा, तथा हरेक कामहरुमा अगाडी सरेर त्यस काम तथा समस्याहरुलाई मुर्तरुप दिएर सम्पन्न गराउन सक्ने क्षमता भएकी नेत्री निरु परियार स्वच्छ छबि भएकी लोकप्रिय नेत्रीको रुपमा झापामा मात्र नभएर राष्ट्रिय स्तरमा समेत परिचित छिन l कथित जातिय भेदभाब बिरुद्दको जनचेतना अभियानमा समेत सक्रिय महिला नेत्री निरु राजनीतिलाई पेशा होईन समाजसेवा बाट अगाडी बढाउनु पर्छ र जनताको हकहितको लागि लड्नु पर्छ भन्ने सोच लिएर हिडेकी छिन l यसर्थ पनि उनि यस समाजको एक प्रतिनिधि पात्रको रुपमा उभिएकी महिला उद्धमी, राजनीतिकर्मी तथा समाजसेवी भन्दा अतियुक्ति नहोला l

प्रतिक्रिया