अमेरिकाको पशुपती बुद्ध मन्दिर NECC मा ” भगवान बुद्ध ” को मुर्ती अनावरण गरियो

इनेप्लिज २०७४ कार्तिक २१ गते ११:४० मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै म्यारिल्याण्डको बेल्सभिल स्थित Nepal Education and Cultural Center ( NECC ) को नेपाली मन्दिरमा अर्बपती बिनोद चौधरीका धर्मपत्नी सारिका चौधरी र अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले संयुक्त रुपमा बुद्ध को मुर्ती अनावरण गर्नुभयो।

पेन्सिल्भानिया र म्यारिल्याण्ड राज्यका लागी नेपाल सरकारका अवैतनिक महा-बाणिज्यदुत प्रेमराजा महतले चौधरी फाउन्डेसनसंग आर्थिक सहयोगको लागी चांजोपाँजो मिलाई दिनुभएको हो।

बुद्ध को मुर्ती अनावरण गर्ने भब्य समारोह NECC का अध्यक्ष खिलेन्द्र नेउपानेको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया