कसैले मलाई ”I LOVE YOU” भन्यो भनि थाह छ मा के भन्छु… ”नेपाल आइडल सन्ध्या जोशी” भिडियो

इनेप्लिज २०७४ कार्तिक १३ गते ११:४४ मा प्रकाशित

रूपन्देहीकाे सालझन्डिमा जन्मिएर विगत लामाे समयदेखि बुटवल लाई अाफ्नाे कर्म थलाे बनाउदै अाएकी केसि सानै उमेर देखिकाे सञ्चारका क्षेत्रमा प्रवेश गर्ने सपनालाई साकार पार्न लुम्बिनी एफएमबाट सञ्चारका क्षेत्रमा पाइला राख्न सफल भएकि थिइन । विगत १० वर्षदेखि निरन्तर विभिन्न सञ्चार माध्यममा अाबद्ध हुदै अाएकि केसि अहिले बुद्ध टेलिभिजन र रेडियो समावेशीकि चर्चित प्रस्ताेताका रूपमा चिनिन सफल भएकि छन भने विभिन्न अनलाइन हरूमा पनि अाबद्ध छिन ।

लन्डनबाट सन्चालनमा आएको अनलाईन पत्रीका Scotnepal को आधाकारिक फेसबुक पेज मार्फत बिगत केही महिना देखि सन्चालनमा आएको कार्यक्रम नमस्ते बुटवलको दिनहु लोकप्रियता बढ्दै गइरहेको छ।

केसि भन्छिन् कसैकाे प्रतिभा अाेझेलमा नपराेस भन्ने मेराे इच्छा हाे । कलाकारहरूकाे हेरेक प्रतिभालाई देश विदेश का कुना काप्चा सम्म पुर्‍याउने मेराे प्रयत्न रहेको छ । विभिन्न विधनका कलाकारहरूलाई अामन्त्रण गरि सांगीतिक भलाकुसारी गर्ने कार्यक्रम नमस्ते बुटवल देश तथा विदेशका स्रोता तथा दर्सकले निकै रूचाइदिनु भएको छ अागामि दिनमा पनि यस्तै साथ, माया र सल्लाह सुझावकाे अपेक्षा गर्नेछु र कार्यक्रम लाई अझै परिस्कृत पार्दै लाने छु । कार्यक्रम शनिबार बाहेक प्रत्येक दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म रेडियो समावेशी र स्कट नेपालबाट प्रसारण हुने गर्दछ ।

Nepal Idol Top 9 कि कोकल्कन्थि स्वर कि धनी लोकप्रिय बहुचर्चित beautiful गायिका ” Sandhya Joshi ” जी संग संगीतमय रमाइलो भलाकुसारी बुटवल रेडियो समाबेसी र बुद्धटेलिभिजन कि प्रस्तोता प्रेरणा के.सी जी को साथ मा नमस्ते बुटवल कार्यक्रम अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन जय गीत जय संगीत

प्रतिक्रिया