हिमालयन भाईब्स” लोक सांगितिक समुह द्वारा बृहत्तर टोरोन्टो क्षेत्रमा देउसि भैलो कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ कार्तिक १२ गते २२:०० मा प्रकाशित

 

टोरोन्टो, नेपाली लोक सांगितिक समुह “हिमालयन भाईब्स”ले नेपालीहरुको प्रमुख पर्ब तिहारको उपलक्षमा हालै बृहत्तर टोरोन्टो क्षेत्रमा “देउसि भैलो कार्यक्रम ” सम्पन्न गरेको छ । नेपाली संकृति तथा लोक संगीतको प्रबर्द्दन को उद्देश्यले हालै मात्र टोरोन्टो क्षेत्रमा स्थापित उक्त लोक सांगितिक समुह ले बृहत्तर टोरोन्टो क्षेत्रका टोरोन्टो, मिसिसागा तथा ब्रम्प्टनमा देउसि भैलो कार्यक्रम गरेका थिए । उक्त देउसि भैलो कार्यक्रममा मादल, बाँसुरी, धिमे, खैजडि, चाँप, तिन्छु, गिटार लगायतका बाजाहरुको ताल तथा सुरमा देउसि भैलो तथा प्रसिद्द लोक गीत प्रस्तुत गर्दा उपस्थित सह्भागिहरुले रमाई रमाई नाचेका थिए ।

देउसि भैलोको क्रममा नेपाल बाट आफ्नो छोरा लाई भेट्न आउनु भएका एकजना आमाले क्यानडामा पनि नेपाली परम्परा अनुसार देउसि भैलो देख्न पाएकोमा धेर नै खुसि ब्यक्त गरे भने सो समुह लाई धेरै जसो घर पेटिहरुले अर्को बर्ष पनि आई आशिष दिन आमन्त्रण गरेका थिए।

प्रसिद्द मादल बादक सानुराजा महर्जनको नेतृत्वमा स्थापित उक्त लोक सांगितिक समुहले बृहत्तर टोरोन्टो क्षेत्रका बिभिन्न अन्तरराष्ट्रीय मेलाहरुमा पनि नेपाली संगीतको परिचय दिईसकेको छ। उक्त देउसि भैलो टोलीमा सानुराजा महर्जन, प्रदीप बाँस्कोटा, बिस्व बर्मा, सुरज शर्मा, गणेश न्यौपाने, बिजु सिह, सम्बिदा खनाल, रिकेश श्रेस्थ, साहिल श्रेस्थ लगायतको सहभागिता थियो ।

प्रतिक्रिया