सेन्ट लुइस मिजौरीमा महाकवी देवकोटाको १०९ औं बिशेष कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ कार्तिक १२ गते २१:५४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्यापटरको आयोजनामा माहाकवी देवकोटाको १०९ औं जयन्ती गत अक्टूबर २८, २०१७ सेन्ट लुइस मिजौरीमा बिशेष साहित्यिक कार्यक्रमहरु सहित सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा अध्यक्ष मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नु भएको थियो भने बि शेस अतिथि डा बिष्णु देवकोटा हुनु हून्थ्यो । कार्यक्रममा महाकवी देवकोटाको तस्बीरमा माल्यार्पण , दीप जलन , राष्ट्रीय गान, माहाकवी देवकोटाको संक्षिप्त परिचय – जीवनी, नेपाली साहित्यमा वहाँको बिशीष्ट योगदानको बर्णन, वहाँको गीत गायन , देबकेटाको “पागल” कबीताको नाटक देखाईनुको साथै थुप्रै सहभागीहरूले आ-आफ्नो रचनाहरू पढेका थिए l

उक्त कार्यक्रममा मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बारेमा भन्नुको साथै यस संस्थाका केन्द्रीयअध्यक्ष पदम विश्वकर्माको “कार्यक्रमको सफलताको लागि शुभ कामना सन्देश र वहाँको रचना साथै क्यानस सोसाइटीकी कवयित्री कमला न्यौपानेले पठाउनु भएको रचना पनि पढनु भएको थियो।

सहभागीहरूको स्वागत छन्द कबीताबाट गर्दै कार्यक्रम कवि बलराम गर्नु भएको थियो l च्यापटरकि अध्यक्ष उर्मिला निर्दोषीले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको बिसर्जन र सबैलाई जलपान समारोहमा सहभागी हून अनुरोध गर्नु भएको थियो।

प्रतिक्रिया