क्यानडामा देवकोटा जयन्ती तथा पुस्तकको लोकार्पण

इनेप्लिज २०७४ कार्तिक १२ गते ४:२७ मा प्रकाशित

अक्टोवर २८ अटवा । अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) क्यानडा, अटवाको आयोजनामा  क्यानडाको राजधानी अटवामा  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती तथा साहित्यिक कार्यक्रम भव्य रुपमा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदूतावासका प्रथम सचिव श्री प्रकाश अधिकारीले पानसमा दीप प्रज्वलन तथा देवकोटाको तस्वीरमा माल्यार्पण गरी शुभारम्भ भएको थियो ।  अनेसास  अटवाका सल्लाहकार डा. कृष्णहरि गौतम, एन. आर. एन. क्यानडाका उपाध्यक्ष रमेस बानिया ,एनसिएओका प्रतीनिधी अनुप सुवेदी लगायतले कार्यक्रममा मनतव्य राख्नु भयो ।

अनेसास क्यानडा अटवाका कोषाध्यक्ष नविन सुवेदीको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रममा समाजका सल्लाहकार एवं साहित्यकार सुरेन उप्रेती द्धारा लिखित निवन्ध संग्रह बधशालाको डिस्को ध्वुनको लोकार्पण नेपाली राजदूतावाश प्रथम सचिव  श्री प्रकाश अधिकारीले गर्नु भयो । श्री अधिकारीले नेपाली भाषा र साहित्यको विकासमा देवकोटाले पुर्याएको योगदानको चर्चा गर्दै   विदेशबाट पनि नेपाली भाषा र साहित्यको विकासका लागि यस प्रकारका काम हुनु गौरवको कुरा हो भन्नु भयो । नेपाली भाषा र साहित्यको अध्ययन र यसलाई विस्वसामु परिचित गराउन परदेशमा बसोबास गर्ने दोश्रो पुस्तालाई प्रोत्साहन गर्नुपर्ने कुरा बताउनुभयो । प्रवासमा यस प्रकारका साहित्यिक कार्यक्रमहरु गरेर नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएको मा आयोजक संस्थालाई धन्यवाद दिनु भयो । विमोचित निवन्ध संग्रहका बारेमा साहित्यकार केहरसिै गुरुडले समालोचना गर्नु भएको थियो । बर्तमान अवस्थामा कुनै पनि राजनैतिक  वाद र विचारको लगाम नसमाइकन  समाजको परिवर्तनका लागि .विकृति र विसंगति विरुद्ध उभिएर चेतनाको दिप प्रज्वलित गर्ने कार्य निवन्धकारले गर्नु भएकोछ भन्दै श्री गुरुङले निबन्धको चर्चा गर्नु भयो ।

संस्थाका महासचिव  सन्तोस बरालद्धारा संचालित र्यक्रममा स्थानीय साहित्यकारहरु शालिग्राम अर्याल,राजेन्द्र सुवेदी ,कंन्चन गौतम , सुर्य उप्रेती, भानुभक्त आचार्य ,आरोह उप्रेती ,प्रणिता गौतम् ,आइसा रेग्मी र आदित्य कोईरालाले समसामयिक विषय तथा देवकोटाको बारेमा आ आफ्ना कविता बाचन गरेर सुनाउनु भएको थियो । समाजका अध्यक्ष कमल कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा देवकोटाका कृतिकाबारेमा विभिन्न वक्ताहरुले चर्चा गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सेलरोटी तरकारी,फलफूल सहितको जलपानको व्यवस्था भएको थियो ।

महासचिव

अनेसास क्यानडा, अटवा

 

प्रतिक्रिया