सांस्कृतिक सम्पत्ति बचाउन इँजोरियाले दियो जोड

इनेप्लिज २०७४ कार्तिक ११ गते ११:३७ मा प्रकाशित

सञ्जय मित्र, रौतहट
इँजोरिया सांस्कृतिक अध्ययन तथा अनुसन्धान केन्द्रले मधेसको संस्कृति र मुख्य गरी बज्जिका लोकसाहित्य तथा संस्कृतिको संरक्षणको लागि स्थापना गरिएको केन्द्रका संयोजक ममताज रायभाटले बताएका छन् । रौतहटको कटहरियामा आयोजित संस्थाको पहिलो कार्यक्रममा संरक्षक विजय यादव निर्बिजले लोकजीवनमा रहेको सांस्कृतिक तथा साहित्यिक सम्पदालाई बचाउन नयाँ किसिमले अभियानकने सुरुआतको प्रयास गरिएको जानकारी गराएका छन् । बज्जिका साहित्यकार सञ्जय मित्रले बज्जिकांचलको लोकमहापर्व छठको धार्मिक तथा सांस्कृतिक महत्वको विषयमा प्रकाश पार्दै बज्जिका लोकसांस्कृतिक दृष्टिले पर्यटकीय विकास गर्नुपर्ने सुझाव दिएका छन् । साहित्यकार हरिशंकर साहले लोप हुँदै गएको लोकसाहित्य, संस्कृति तथा कलाको संरक्षण गर्न समाजका जानकारहरुसित समन्वय गर्दै लोकधूनलाई बचाउन सार्थक प्रयासमा आफूहरुले सबै किसिमले सहयोग गर्न तयार रहेको बताएका छन् । गायक तथा कलाकारहरु दिनेश यादव, विजय यादव निर्बिज, जयमंगल महतो, सन्जीप तिवारी, बलिराम महतो लगायतकाले चाँचर, पराती, सोहर, निर्गुन, ठुमरी लगायतका लोकधून गाएर सहभागी सबैको ध्यान आफ्नो लोकसांगीतिक सम्पत्तितिर झक्झक्याएका छन् ।

सामाजिक तथा सांस्कृतिक क्षेत्रमा प्रतिष्ठित सुरेन्द्र साह, उमेश सोनी, दिपेन बैठा, जयमंगल बैठा, सुबास यादव, धीरेन्द्र साहलगायतकाले बज्जिका कला, साहित्य, संस्कृतिमाथि सचेतनामूलक बहसको आवश्यकता महसूस गराउँदै आफ्नो समाजको सम्पत्तिको संरक्षणमा सबैको योगदानके समेट्न सुझाव दिएका छन् । मधेसको संस्कृतिको रक्षा तथा विकासका निम्ति नयाँ संस्थाको गठन भएकोले मधेसी संस्कृतिको क्षेत्रमा सकारात्मक काम हुने विश्वास व्यक्त गरेका छन् । मधेसी संस्कृतिमाथि काम गर्ने संस्था धेरै भए पनि लोकसाहित्य तथा लोकजीवनमा रहेका मौलिक संस्कृतिमाथि काम गर्ने संस्थाको संख्या निकै कम भएको अवस्थामा इँजोरियाले मधेसको लोकसाहित्यको अन्हरिया हटाउने विश्वास पनि व्यक्त गरिएको छ । कार्यक्रममा उपस्थित पाँच दर्जभन्दा बढीले शुभकामना व्यक्त गरेका

प्रतिक्रिया