शुक्रबार, मंसिर २८ २०७५
काठमाडौं ०१:३८
वासिङटन डिसी 14:53

न्यूह्यामसायरमा देवकोटा जयन्ती सम्पन्न

इनेप्लिज २०७४ कार्तिक ९ गते ४:१४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूह्यामसायर च्याप्टरले महाकवि  लक्ष्मीप्रसाद देबकोटाको १०९औं जन्म जयन्ती  तथा संस्थाको चौथो बार्षिक साधारण सभा विविध कार्यक्रम आयोजना गरि मनाएको छ । कार्यक्रम पुरानो  कार्य समितिको बिदाइ र नयाकार्य समितिको सपथ ग्रहण तथा अन्य बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ ।

बरिष्ठ साहित्यकार केदारनाथ खनालकोको प्रमुख आतिथ्य तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका माहासचिब गोवर्धन पूजाको विशेष आतिथ्यमा  सम्पन्न कार्यक्रमको दुई चरणको कार्यक्रमको सभापतित्व क्रमश: च्याप्टरका निवर्तमान अध्यक्ष अग्नि प्रसाद पराजुली र  नव निर्वाचित अध्यक्ष कृष्ण गिरीले गर्नु भएको थियो |  च्याप्टरका प्रधान सम्पादक ईश्वरी भट्ट द्वारा संचालित उक्त कार्यक्रममा च्याप्टरका च्याप्टरको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश गरिएको थियो | 

महाकवि  देवकोटाको तस्वीरमा माल्यार्पण गरि सुरू भएको उक्त कार्यक्रममा कृष्णकुमार गिरीनिगम रिमालकृष्णप्रसाद कडरिया,तुलसी आचार्यलालगोपाल सुवेदीअग्नी पराजुलीहरिमॉया अधिकारीईश्वरी भट्टरामचन्द्र भण्डारीकृष्णमाया सुवेदीइन्दिरा दंगालदीपा राई पुनअनु शाहडा. पुष्प जोशीपुरानाघरेलगायतले कविता वाचन गरेका थिए |

प्रमुख अतिथि केदारनाथ खनाल र विशेष अतिथि केन्द्रीय महासचिव गोवर्धन पूजाले शुभकामना मन्तव्य दिनु भएको उक्त कार्यक्रममा  आमा समुहले भजन, वालिका  अन्या बैध्यले नृत्य, स्तुति खतिवडाले गीत, प्रेमसागर खतिवडाले हार्मोनियम बजाएर कार्यक्रमलाई प्रभाबकारी बनाउनु भएको थियो |

 

कार्यक्रममा सफत ग्रहण गरेको कृष्णकुमार गिरीको अध्यक्षतामा गठित ११ सदस्यीय नयाँ कार्यसमितिमा हरिमाया अधिकारी (उपाध्यक्ष ), तुलसी आचार्य (महासचिव), रवि पाठक (सचिव)
दर्पण किरॉत राई (कोषाध्यक्ष), सुस्मीता पौड्याल (सह-कोषाध्यक्ष) र सदस्यहरूमा निगम रिमालकृष्णप्रसाद कडरियाटंक सुवेदीप्रदीप सिटौला र हरिकुमारी गुरूड॰ निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया