काठमाडौँ : युवा नेता, बरिष्ट समाजसेवी, नायक, तथा युवा उद्धमीको रुपमा राम्रो छबि बनाएर सम्पूर्ण धादिङबासीहरुको प्रिय पात्र बन्न सफल युवा नेता मदु कुमार श्रेष्ठ नेपालि कांग्रेशको तर्फ बाट धादिङ क्षेत्र न १ को प्रदेश सभा (क) बाट प्रदेश सभासदको लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् l नेपालि कांग्रेशको राजनीति भित्र बलियो पकड बनाएका नेता श्रेष्ठको धादिङ क्षेत्र न १ को प्रदेश सभा (क) बाट प्रदेश सभासदको लागि उम्मेदवारी मनोनयन दर्ता गरे लगत्तै स्थानिय बासिहरु समेत हर्षित भएर हर्षोउल्लास मनाएका छन l उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममानै हजारौको संख्यामा सर्बसाधारणको भिड जम्मा भएको थियो भने सयौ मोटरसाइकल र गाडिले र्याली समेत निकालेर धादिङ बजार परिक्रमा गरेका थिए l
नेपालि कांग्रेश बाट सक्रिय राजनीति गर्दै आएको युवाहरु देखि लिएर बृद वृदाहरु समेत सम्पूर्ण धादिङका बासिन्दाहरुको भावनालाई समेटेर काम गर्न सक्ने क्षमता भएको हुदा अहिले नेता मदु कुमार श्रेष्ठको चर्चा धादिङ क्षेत्रमा चुलिदै गएको छ l आफ्नो लागि बाच्नु भन्दा पनि अरुको लागि केहि राम्रो काम गरेर बाच्ने सोच लिएर सदैब सामाजिक कार्य गर्दै आएका तथा बिकाशका कामलाइ प्राथमिकता दिदै आएका नेता श्रेष्ठले धादिङ क्षेत्रमा उल्लेखीय सामाजिक कार्य गरेर सबै जनताको प्रिय युवानेताको रुपमा परिचित भएका छन l
राजनीति समाजसेवाको ससक्त माध्यम मान्ने मदु कुमार श्रेष्ठ बिगत लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै सधै नेपाली जनताहरुको हक हितको लागि लड्दै आएका एक इमान्दार, स्वच्छ छबि भएका कर्मठ युवा नेताको रुपमा परिचित छन् l राजनीति, आफ्नो ब्यबसाय तथा सामाजिक कार्यमा संलग्न भएर देश बिकाशमा टेवा पुर्याउदै आएका युवा नेता मदु कुमार श्रेष्ठ राजनीतिलाई पेशा बनाउन हुन्न भन्नेमा विश्वास राख्छन। अहिले उनि आफ्नो बौद्दिक क्षमता आफ्नो काम, उनका ज्ञान र सिप तथा नेतृत्वदायी भूमिका निर्बाह गर्न सक्ने कारणले पनि धादिङ क्षेत्र न १ को प्रदेश सभा (क) का जनता माझ परिचित र लोकप्रिय भएका छन् ।
सर्बसाधारण जनता, युवा जमात, देखि केन्द्रिय स्तर सम्म राम्रो पकड बनाएका श्रेष्ठ एक निडर, हक्की, स्वच्छ छबि तथा स्पष्टबक्ता युवा नेताको रुपमा परिचित समेत छन l धादिङ क्षेत्र न १ को प्रदेश सभा (क) बाट मदु कुमार श्रेष्ठको जित सुनिचित रहेको यस क्षेत्रका बासिन्दा तथा राजनीति जानकारहरु बताउछन l
धादिङ बाट नेपाली कांग्रेश महासमिति सदश्य समेत रहेका श्रेष्ठले धादिङ क्षेत्र न १ प्रदेश सभा (क) मा पर्ने पहिलाको छत्रेदेउराली, जीवनपुर नौबिसे, थाक्रे केवलपुर, गोगनपानी, भुमिस्थान, तर्सफु, वैरेनी, कल्लेरीका सम्पुर्ण आमा बुबा, दाजुभाई, दिदी बहिनीहरु समक्ष यहि मंसिर १० गते हुन गैइ रहेको संसदीय चुनावमा रुख चिन्हमा मत प्रदान गरि प्रतिनिधि सभा सभासदमा आफुलाई अत्याधिक बहुमतले बिजय गराएर जनताको सेवा गर्ने मौका दिनुहुन आग्रह गरेका छन l
प्रतिक्रिया