चितवन, ६ कात्र्तिक । चितवनमा नै पहिलो पटक जिल्लालाई नै दृष्टिबिहिन मुक्त बनाउने ‘आई क्याप फोर चितवन’ अभियान सुरु भएको छ । पटक–पटक नेपाल धुम्न आएकी जर्मनी स्वयसेवी नागरिक काट्रियको पहल तथा सपोर्ट एण्ड केयर पुनस्थापना केन्द्र रत्ननगर–९ को अगुवामा सो अभियान सुरु गरिएको हो ।
‘विना दृष्टिी अधुरो सुष्टी’ भन्ने मुल नारासहित पाईलट प्रोजेक्टका रुपमा जिल्लाका आठ ग्रामिण र विकट स्थलहरु ‘आई क्याप फोर चितवन’ अभियान अन्र्तगत बृहत निशुल्क आखाँ शिविर सुरु गरिएको छ ।
‘म नेपालका विभिन्न ठाउँहरुमा घुम्न आएकोमा सबैभन्दा धेरै चितवनमा आखाँका समस्या भएका विरामीहरु भेटे काट्रियले भनिन् जर्मनमा हामीले विभिन्न नागरिकबाट सहयोग तथा विविध च्यारिटि शो गरि संकलन गरिएको रकमबाट शिविर सुरु गरेका हौँ ।’ अभियान अन्र्तगत पहिलो चरणमा जिल्लाका दुई हजार बढी व्यक्तिहरुको आखाँ परिक्षण गरिनेछ ।
भने उनीहरुको समस्या पहिचान गरि उपचार गर्ने र शिविर मार्फत निशुल्क चस्मादेखि औषधी वितरण र आवश्यक परेको खण्ड सबै उपचार खर्च समेत आफुहरुले सहयोग गर्ने अभियानका संयोजक तथा सपोट एण्ड केयर पुनस्थापन केन्द्रका अध्यक्ष राजबन्धु गौतमले बताए ।
कोही पनि दृष्टिीबहिन हुन नपरोस् र सबैले आखाँ देख्न पाउन पर्छ भन्ने हाम्रो उद्देश्य हो उनले भने पहिलो चरणको सफलतासगैँ अर्को कार्य फेरि सुरु हुनेछ । अभियानमा जर्मनी नागरिक काट्रियसगैँ विशेषज्ञसहित १० जनाको टोलीले आजदेखि पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ११ जिरौना स्थिीत नगर स्वास्थ्य केन्द्रबाट निशुल्क आखाँ शिविर सुरु गरेका छ ।
एक भव्य समारोहका विच नगरपालिकाकी उपमेयर विमला दुवाडीले आफ्नो आखाँ परिक्षण गराई अभियान सुरु गरेकी थिईन् । सो अवसरमा बोल्दै उनले जिल्लामा आई क्याप फोर चितवन अभियान आउनु राम्रो कुरा भएको भन्दै यस्ता कार्यलाई नगरपालिका समेत सहयोग गर्ने बताईन् ।
अभियान रत्ननगरको ३ स्थान, भरतपुरमहानगरको १ स्थान, राप्ती नगरपालिकाको एक स्थान, कालिका दुई र माडी नगरपलिकाको एक स्थान गरि ८ स्थान मा गर्ने शिविरमा नेशनल आखाँ अस्पताल भरतपुरका प्रबन्ध निर्देशक एवं डा. राजेन्द्र बहादुर श्रेष्ठले समेत सहयोग गरेका छन् ।
अस्पतालले आफ्नो समाजिक उत्तर दायित्व अभियान अन्र्तगत शिविरमा सहकार्य गरेको उनले बताए । यसै विच पहिलो दिनको शिविरमा २ सय ५६ जना स्थानियहरु लाभान्वित भएका छन् ।
प्रतिक्रिया