तिहार लागिसकेको छ । तिहारको समयमा देउसी भैलो खेल्ने चलन छ । राती अबेर सम्म देउसी खेल्ने र देउसीमा हिन्दी गीत बजाएर वा गायर खेलिने देउसीले पछिल्लो पटक बिकृति समेत ल्याएका छन् । अभिभावकले आफ्ना नानिबाबुलाई देउसी खेल्ने भनेर घरबाट पठाएका हुन्छन् तर उनीहरु भने घरबाट निस्कन पाएको मौकामा अन्तै अनैतिक कृयाकलापमा जान सक्छन् । यो कुरामा हुर्केका छोराछोरी राती अबेर सम्म र देउसीको बाहनामा कतै अन्तै गलत ठाउंमा पो गएका छैनन् ? बिचार गर्नुहोस् । यहा प्रस्तुत गरिएको सर्ट मुभीले पनि त्यहि भन्छ । हेरौं यो बास्तबिकता बोकेको सन्देशमुलक फिल्म् ।
प्रतिक्रिया