कञ्चनपुर (सप्तरी), २५ असोज ः राजविराज नगर कार्यपालिकाको सदस्यका लागि भएको मतदानमा राजपा र फोरमको प्यानल नै विजयी भएको छ ।
कार्यपालिकाको मतदानबाट दलित तथा अल्पसंख्यकतर्फ तीन जनाका लागि भएको चुनावमा राजपाका प्रमोद कुमार कावरा ७० मत, राजपाका विपिन करण ५८ र फोरम नेपालका शिव नारायण साफीले ५३ मत ल्याएर विजय भएका छन् ।
यसैगरी पाँच जना महिला सदस्य विजय भएका छन् । राजपाका रूकसना खातुनले ६७, राजपाका सतादेवी मण्डलले ६५ र फोरम नेपालका शुभकला रजक ६० मत ल्याई विजयी भएका छन् ।
यसैगरी फोरमका अनितादेवी चौधरीले ६१ र फोरमका फुदनीदेवी रामले ५८ मत ल्याई विजय भएको मुख्य नर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित आठ जना सदस्यलाई मुख्य निर्वाचन अधिकृत शारदा कोइरालाले शपथ ग्रहण गराउनुभयो ।
प्रतिक्रिया