इन्टरनेटमा भाइरल हुँदै यी ५ कक्षा पढ्ने बालिका, क्लासिकल गीत गाउँदा दुनियाँ नै चकित [ भिडियो सहित ]

इनेप्लिज २०७४ असोज २३ गते १३:५७ मा प्रकाशित

संगीत मानिसको आवाज वा धुन निकाल्ने एक कला हो। संगीतमा ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ। नेपाली संगीतलाई आफ्नो मधुरता,लयबद्धता र विविधताको प्रतीकको रुपमा लिने गरिन्छ। संगीतमा कुनै वर्ग हुदैन, कुनै जात/धर्म हुदैन र उमेरको हद हुदैन। आजभोली नेपालमा बालक देखि बृद्धसम्म नै संगीतको क्षेत्रमा अग्रसर भएका छन ।

काठमाडौँको टाइमलाइन स्कुलमा कक्षा ५ मा अध्ययनरत बालिका आयुष्मा राईको संगीतमा रुची बालापनदेखि नै थियो । सानै उमेरदेखि संगीत सिकेकी आयुष्मा बिहान घरमा रियाज गर्ने गर्छिन भने स्कुलमा समेत संगीत सिक्ने गर्छिन । निकै नै सुमधुर स्वरकी धनि आयुष्मा क्लासिकल संगीत प्रति बढी आकर्षित छिन । जिल्लास्तरीय गायन प्रतियोगितामा प्रथम भएकी आयुष्मा भविष्यमा राजेश पायल राई जस्तै गायक बन्न चाहन्छिन । संगीत संगै उनी नृत्य र चित्र बनाउन पनि त्यत्तिकै रुची राख्छिन ।

उनका संगीत गुरुले उनको मिहेनत र सफलतालाई कदर गर्दै यसलाई निरन्तरता दिन सके निकै नै उज्ज्वल भबिष्य रहेको बताउनुभयो । आफुले आयुष्मालाई हरसक सहयोग गर्ने समेत उनले बताए।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया