बेबो आचार्य बनिन साईली, तल्लाघरे साईला सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७४ असोज १७ गते १९:२९ मा प्रकाशित

 

रत्ननगर । चितबन, अक्टोबर ४
गायीका मेलिना राई को स्वरमा सजिएको “तल्लाघरे साईला” गीत को भिडियो सार्वजनिक भएको छ । लामो समय सम्म संचार कर्ममा लागेका संचार कर्मी दीपेन्द्र घिमिरेको शब्दमा एस.डी योगी को संगीत रहेको यस गीत को भिडियो लाई शान थापाले निर्देशन गरेका हुन। रिकेश गुरुङको एरेन्ज रहेको गीत को अडियो सुत्र इन्टरटेनमेन्ट मा रेकर्ड गरिएको हो। अर्जुन तिवारी को छायाङ्कन रहेको भिडियोमा राजिव समर को कोरियोग्राफी रहेको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन।

भिडियोमा नायक गौरब पहारी सँगै रत्ननगर १३ जयमङला निबासी बेबो आचार्य को अभिनय रहेको छ । भिडियोका नायक गौरव पहारी ले साईला पछी आएको आफ्नो यस् म्युजिक भिडियो ले साईली जस्तै छाप छोड्ने विश्वाश ब्यक्त गरे भने यस भिडियोमा अभिनय गरेकी बेबो आचार्य ले यस म्युजिक भिडियो बाट आफ्नो करीयर निकै माथि उकासिनेमा आफु बिस्वस्त रहेको बताईन् । बिगत एक दसक अगाडि देखी नेपाली संचार कर्ममा लागेका यस गीतका रचनाकार दीपेन्द्र घिमिरे ले यस गीत सार्बजनीक भएपछी अझै गीत लेखेनको लागि उत्प्रेरणा थपेको बताए।

प्रतिक्रिया