मैले न्याय पाइँनः गायिका निक्की कार्की,आफूमाथि यौन दुर्व्यवहारको प्रयास (लाईभ भिडियो)

इनेप्लिज २०७४ असोज ८ गते ११:२४ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी गायिका निक्की कार्कीले आफूमाथि यौन दुर्व्यवहारको प्रयास भएको फेसबुक लाईभ भिडियो मार्फत बताएकी छिन् ।

२० वर्षीया निक्कीलाई नर्थ क्यारोलिनामा बस्दै आएका सुशील नेपाल नामका व्यक्तिले आफूलाई सांस्कृतिक प्रस्तुति गर्न क्यालिफोर्नियाबाट नर्थ क्यारोलिना आउँदा यौन दुर्व्यवहारको प्रयास गरेको उनको गुनासो छ । घटना गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको थियो । सोही कार्यक्रममा सहभागी हुन जाँदा गायिका कार्की माथि यौन दुर्व्यहारको प्रयास भएको कार्कीको भिडियो वयानमा उल्लेख छ ।

 

गायिका कार्की आफूले न्याय पाऊँ र कारवाहीको माग गर्दै नासा-अन्माको संयुक्त सम्मेलनमा आयोजकलाई कुरा राखेको उनले भिडियोमार्फत बताएकी छिन् ।

भिडियो हेर्नुहोस् ।

https://www.youtube.com/watch?time_continue=2&v=8PVnSBcKPLA

प्रतिक्रिया