नेपाल आइडलका टप ३ मिलेर यसरी हल्लाए काठमाडौँ, टुडिखेलमा अटेन दर्शकको भिड [ हेर्नुहोस भिडियो ]

इनेप्लिज २०७४ असोज १ गते ८:२९ मा प्रकाशित

हिजो शनिबार काठमाडौँको टुँडिखेलमा आयोजित नेपाल आइडलका टप ३ का प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्टमा दर्शकहरु लाखौको संख्यामा उपस्थित थिए। कन्सर्ट हेर्न आएका आधा दर्जन जति दर्शक कार्यक्रम स्थलमै बेहोस भएका थिए।

उक्त कन्सर्टमा दर्शकहरुको निकै बाक्लो घुँइचो भएका कारण उनीहरु बेहोस भएका हुन्। बेहोस भएपछि उनीहरुलाई प्रहरीले खुल्ला स्थानमा ल्याई सहयोग गरेका थिए।

कार्यक्रम स्थल दर्शकको भिडले भरिएको थियो। जसले गर्दा प्रहरीलाई समेत उक्त भिडलाई सम्हाल्न हम्मे–हम्मे परेको थियो।

प्रतिक्रिया