ओए लभ्ली गीत को भिडियो बाट एका एक चर्चा मा आएका नरेश जोगी आज भोली भिडियो मा भन्दा गीत लेख्ने सङ्गीत गर्ने र गीत गाउन मा ब्यस्तहुनु हुन्छ| जसरी भिडियो बाट सबै दर्सक को मन जित्न सफल हुनु भएको थियो त्यसरी नै अहिले गीत लेखन सङ्गीत गर्ने र गीत गाउने कार्य बाट सबै को मन जित्दै अगाडी बाढ्दैहुनु हुन्छ| यसै क्रम मा आज उहा ले नयाँ गीत ‘ओ मेरी माया’ बजार मा ल्याउनु भएको छ| नरेश जोगी र भागवती शाही को स्वोर मा रहेको यो गीत मा शब्द संगीत नरेश जोगी कै छ| यो गीत मा द नमस्ते क्रीयु र दिम्पी ठकुरी को रमाइलो नृत्य हेर्न सक्नु हुनेछ भने यो गीत लाई छायान्कन गर्नु भयको छ करण चैसिर ले र निर्देशन गर्नु भएको छ रबिन थापाले । यो गीत लाई सलीना म्युजिक ले बजार मा ल्याएको छ।
प्रतिक्रिया