भृकुटीमण्डपमा सुरु भयो “दशैंको बेला सस्तो मेला”

इनेप्लिज २०७४ भदौ २१ गते १३:२४ मा प्रकाशित

काठमाडौं, भदौ २१
दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाउनु सबै उपभोक्ताका लागि तथा स्टक सामान रहेका ब्यापारी दुबैका लागि राम्रो भएको बताए । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलाको आयोजना इभेन्ट सोलुसनले गरेको हो ।


बुधबारदेखि देखि ६ दिनसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार भइरहेको छ । । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फुडकोर्ट, होम एफिलियन्स र फिटनेसका स्टलहरु रहेका छन् । एक सय भन्दा धेरै स्टलहरु रहेको यो मेला चाडपर्व लक्षित भएको बताउँदै इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले आउने बर्षहरुमा पनि यसको निरन्तरता रहने जानकारी दिए ।


इभेन्ट सोलुसनका संयोजक जोशीले दशैंका लागि आबस्यक पर्ने उपभोग्य सामाग्रीहरु एकैठाउँबाट बिशेष छुटमा पाइने बताए । ६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोक जोशीले बताए । मेला अबधीभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ ।
मेलामा इकमर्स पार्टनर बनेको सपर्भडटकमले अनलाइन सेवा पनि उपलब्ध गराएको छ ।

 

अन्य जानकारीका लागि
नबिन भट्ट
मार्केटिङ डाइरेक्टर
इभेन्ट सोलुसन प्रालि
९८५१११९४५५

 

Dashainko Bela Sasto Mela’ Kicks off at Brikutimandap

Kathmandu 6, September. The Stock Clearance Expo  with slogan ” Dashainko Bela Sasto Mela'(For Cheer On Dashain affordable Fair)” on the auspicious occasion of National Festival Dashain organized by the Event Solution has begun  Wednesday at Bhrikutimandap in the Capital city Kathmandu. Inaugurating the Expo ,President of Nepal Chamber of Commerce Rajeshkaji Shrestha  said that it would be matter of happiness for consumers getting consuming goods at affordable rate on the occasion of Dashain.

According to organizers, the Stock Clearance Expo will run from 6 September to 11 September where customers can have easy access to all required goods like Cothes, Shoes, Handicraft, Electronics, Motobike and All Home appliances for purchasing to celebrate Dashain Festival. Addressing the inauguration program ,Dipesh Joshi, the Coordinator of Expo Organizing committee of Event Solution , hoped that the   Expo would be  continued. According to Joshi , consumers can buy consuming goods for Dashain on a handsome discount offered by the Exhibitors. The Expo is organized for 6 days. The organizers have expected that more than 50 000 visitors will visit the Expo.

 

प्रतिक्रिया