बारुलाको गोलो पोल्दा घर नै सखाप ? पोखराको लेकसाईडमा भिषण आगोलागी ( लाईभ भिडियो)

इनेप्लिज २०७४ भदौ २० गते ०:४० मा प्रकाशित

भनिन्छ अरुको क्षती गर्न खोज्दा आफ्नै खती हुन्छ । त्यस्तै भएको छ पोखराको लेकसाईडमा पनि । अरुको घर भत्काउन खोज्दा आफ्नै घर जलेर नष्ट हुन्छ भन्ने हेक्का समेत राख्न नसक्दा रामजी कुवरले आफ्नो १०० बर्ष पुरानो घर जोगाउन सकेनन् । पोखरा लेकसाईडमा बस्दै आएका रामजी कुवरको घरमा ठूलो बारुलाको गोलो रहेछ ।

बारुलाको गोलो पोल्ने क्रममा घरमा आगोलागी भएपछि घर नै जलेर नष्ट भएको हो । करिब १०० बर्ष पुरानो घर त्यो पनि अधिकतम काठको प्रयोगबाट बनेको कारणले आगो छिटो सल्कीयो, दमकल आउने बेलामा त घर नष्ट भईसकको थियो, स्थानीय बासिन्दाले भने । राती ११ बजेदेखी लागेको आगो २ बजे राती बल्ल नियन्त्रणमा आएको थियो । कुनै मानवीय क्षती नभए पनि मानबिय त्रुटीका कारण आगोलागी भएको छ । स्थानीय बासिन्दा, शशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा लेखनाथ महानगरपालीकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।

https://www.youtube.com/watch?v=9pW9IdpUuGY

प्रतिक्रिया