आगामी अगस्त ५ र ६ तारिखमा हुने एनआरएन अमेरिकाको निर्वाचनको लागि म एनआरएन अमेरिका आइसीसी सदस्यको उम्मेदवार शुसिल रेग्मी सम्पूर्ण एनआरएन अमेरिका का मतदाताहरुलाई एक पटक पुन: मलाई मतदान गरि बिजयी गराउन बिशेष अनुरोध गर्दछु l
यो भन्दा अगाडी पनि यहाँहरुको माया ले आफु कार्यकारी समिति को सदस्यमा निर्वाचित गराउनु भएको थियो l मैले उक्त पदमा रही केहि काम गर्ने मौका पाए l मैले पटक पटक सामाजिक संजालमा उक्त कुरा राखेको छु l र आफ्ना प्रतिबद्धताहरु सार्बजनिक गरेको छु l
अहिले आफ्ना कार्यसुची राख्नु भन्दा निर्वाचन को संघारमा धेरै कुरा राख्न चाहन्न l म यहाँ हरु कै मान्छे हु l काम गर्न सदैव उत्साहित छु l यहाँहरुको भावनालाई उच्च कदर गर्दै मेरा आफ्ना ,यहाहरुका कार्यसूची तथा नेतृत्वले लिएर हिडेका तथा सामुहिक कार्यमा मेरो सहयोग हुने छ र सोहि अनुसार काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु
अन्त्यमा ,पुन: एक पटक म शुसिल कुमार रेग्मी २०१७ -२०१९ का लागी एनआरएन आइसीसी सदस्यको उम्मेदवार पदमा मलाई अमूल्य मत दिई बिजयी गराई दिन हुन अनुरोध छ !
प्रतिक्रिया