नया शक्ति पार्टीका प्रभाबशाली युबानेता शंकर भण्डारी दिल्लीमा राजनैतिक तथा कुटनैतिक भेटघाट जारी ।

इनेप्लिज २०७४ भदौ १७ गते ८:३० मा प्रकाशित

 

ध्रुब क्षेत्री, १७ भदौ’ नयाँ शक्ति पार्टी नेपालको विदेश विभाग अन्तरगत प्रवास प्रादेसिक समितीको भारत स्थित संगठन अन्तरास्ट्रिय नेपाली समाज भारतको यहि मिति सन् 09/09/2017 को प्रथम अधिबेशन तयारी बैठक तथा प्रशिक्षण कार्यक्रम सफल पार्नको लागि बुधबार भारतको राजधानी दिल्ली पुग्नु भएका प्रवास प्रादेशिक समितिका नेता शंकर भण्डारी ज्यु यो बेला  भारतमा बस्ने आम  प्रवासी नेपाली जनसमुदायहरु देखि उद्योगी , व्यवसायी ,बुद्धिजीवीहरु, बिध्यार्थीहरु आदि  संगठनका जिम्मेवार  साथीहरू संग स्थलगत भेटघाटमा व्यस्त हुनुहुन्छ ।

“समृद्धि सम्भवछ हाम्रै पालामा ” भन्ने मुल नारालाइ राष्ट्रिय नारा बनाउदै नेपालको स्थिर राजनीतिबाट  औद्योगिक लगानी सहितको पुजि स्वदेशमै गर्न सकिने महान अठोट सहितको अभियानमा जुटिरहेको नयाँ शक्ति पार्टी, समृद्धिमय राष्ट्र निर्माण गर्ने अभ्यासमा क्रियाशिल रहेकोछ । स्वदेशमै आन्तरिक पुजिको सहि लगानी र सदुपयोगबाट नेपाल लाई आत्मनिर्भरता सहितको समृद्धिको मार्गमार्फत उन्मुख गराउन आर्थिक रुपमा विकसित भएका विश्वसमुदायहरुको पहिचानको तुलना आमसिक रुपमा भएपनी हामी नेपालको पहिचान बनाउन सक्छौ जसको फलस्वरूप हामी समाजवादको आधार तयार पार्न सक्छौ भन्ने भिन्न एजेन्डा बोकेको बैकल्पिक पार्टी नयाँ शक्तिको छुट्टै वा अन्य राजनितिक दलहरु भन्दा आफ्नै खालको विशेष प्रयोगात्मक कार्यनीतिमा फरक रहेकोछ ।

आर्थिक समृद्धि स्वदेशी लगानी ,औद्योगिक पुजिलाइ निर्माण गर्न अर्थात् स्वदेशी लगानी लाई  वढावा दिदै  परनिर्भरता लाई जरैदेखि उखेलेर फाल्ने संकल्प लिएको  बैकल्पिक पार्टी नयाँ शक्तिले कला , सीप , बुद्धि भएका हाम्रा राष्ट्रका सफल  उर्जा शक्ति युवाहरुको विदेशी भुमरीमा वेचिएको विबेक र देश निर्माणको जागर , माथि आफ्नो मुख्य ध्यानाकर्षण भएको नेता शंकर भण्डारी बताउनु हुन्छ । 

भारतको संगठन लाई नयाँ उचाईमा विकास र दिन  संगठानिक  भेटघाटको सिलशिलामा भारत पुग्नु भएका शंकर भण्डारी जि आज दिल्ली NCR मा पर्ने औद्योगिक नगरी DLF industrial area को अध्यन अबलोकनमा व्यस्त हुनुभएकोछ । नोयडा गुडगाउ लगायतका सफ्टवेयर कम्पनी , फरिदावादमा रहेको एक कपडा निर्माता कम्पनी जहाँ अधिक रुपमा नेपाली  टेक्निसियनहरु देखि सामान्य कामदार समेत भएको एक कम्पनीको अबलोकन गर्दा । उक्त कम्पनीका प्राविधिक अजय बहादुर शाही संग लामो कुराकानी भएको थियो शाहिको भनाइ अनुसार आफ्नो नेपालमै उद्योगहरु भएको भए हामी भारत लगाएतका देशहरुमा मेहनत र पसिना बेच्नु पर्दैथ्यो यो मेहनत र पसिना नेपालमै बगाउन पाए हामिलाइ साच्चै स्वाभिमानि भएको महसुस हुनेथियो भनेर भन्नू हुन्छ । देशमा अलिले अन्य पुर्ख्यौली पार्टी देखि वाक्क लागेको र अन नयाँ शक्तिले मात्र नेपाल र नेपाली जनताको जीवन स्तर माथी उठाउनेमा पुर्ण विस्वास गर्दछु भन्दै आफ्नो मातृ भुमिमा कलकारखाना खोल्न सक्ने वातावरण , सुरक्षा प्रशासन दुरुस्त हुनसके हामी लगानी साहितको कामगर्ने इच्छा जाहेर गर्नुभयो ।

प्रतिक्रिया