नेपाल डे फेस्टिवल २०१७ भब्य सफल भएकोमा आयोजकलाई बधाई तथा वर्ल्ड नेवा: अर्गनाइजेशन जापानको प्रस्तुति उल्लासमय

इनेप्लिज २०७४ भदौ १४ गते १४:२७ मा प्रकाशित
नेपाल डे फेस्टिवल २०१७ भब्य सफल भएकोमा आयोजकलाई बधाई तथा वर्ल्ड नेवा: अर्गनाइजेशन जापानको प्रस्तुति उल्लासमय  नेपाल डे फेस्टिवल २०१७  भब्य रुपमा सफल भएकोमा आयोजक एन आर जापान र फेस्टिवल सफल पार्न दिन रात  खतिनु भएका सम्पूर्ण साथीहरु  ,जापानवासी सम्पूर्ण संघ संस्था तथा नेपालीहरुलाई वर्ल्ड नेवा: अर्गनाईजेशन जापान द्वारा बधाई तथा धन्यवाद दिनु भएको छ l
गत वर्ष भन्दा यसपालिको फेस्टिवलमा आंशिक रुपमा भएपनि बढी जापानीहरुको उपस्थिति देखिएको थियो l अत्याधिक जापानवासी  नेपालीहरुको सहभागिताले कार्यक्रम हर्ष उल्लासले सम्पन्न भएकोमा वर्ल्ड नेवा:अर्गनाईजेश न जापान का प्रतिनिधि राम भक्त जोशीले आयोजक कमिटीलाई बधाई तथा धन्यवाद दिनु भएको छ l
यस वर्षको कमि कमजोर लाई हटाई अर्को वर्ष नेपाल डे फेस्टिवलको दिन अहिले देखि नै घोषणा गर्न सकेको खण्डमा  मन्चमा सकेसम्म नेपाली संस्कृति झल्कने कार्यक्रम र धेरै भन्दा धेरै प्रचार प्रसार गरि जापानीहरुको उल्लेखे सहभागिता  गर्न सकिने कुरा अर्गनाईजेशनका प्रतिनिधि सन्दिप नारायण शाक्यले  बताउनु भयो l बढी  अगस्त २६  र २७ तारेख दुई दिवसिय नेपाल डे फेस्टिवलमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानद्वारा प्रस्तुत गरिएको नेवार भेष भुषा र सांस्कृतिक कार्यक्रम उल्लासमय रुपमा सम्पन्न भएको छ l
लाखे ,झ्यालिंचा नाच,तायमचा नाच ,घिन्ता घिसि नाच ,धिमे बाजा ,भुस्या बाजा ,कुमारी तथा नेवार भेष भुषाको प्रस्तुतिले नेपालको जात्रा जस्तै भरपुर मनोरंजन दिलाएको थियो ।
जापानवासी नेवारहरुको सक्रिय सहभागिताले  यसपालिको नेपाल डे फेस्टिवलमा नेवार संस्कृति झल्कने बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुत गर्न सकिएको र  दुई दिने फेस्टिवलमा सहभागी हुनु भएका सम्पूर्ण नेपाली तथा जापानी साथीहरुलाई धेरै धेरै धन्यवाद दिनुहुँदै यसपालि केही मात्रामा भएपनि जापानीहरु सहभागि गराउन सकेकोमा वर्ल्ड नेवा: अर्गनाईजेशन जापानका प्रतिनिधि ब्यांचा दाई (यामानाका )ज्युले खुशी व्यक्त गर्नु भएको छ l
नेवार संस्कृति भनेको नै नेपालको संस्कृति भएको हुनाले  जापानमा हाम्रो संस्कृतिको सरंक्षण ,सम्बर्धन प्रचार प्रसार  गर्ने र जापानीहरुलाई नेपाल भ्रमणप्रति आकर्षित गर्ने   दायित्व हामी सम्पूर्ण जापानवासी नेपालीहरुको हातमा रहेको कुरा अर्गनाईजेशनका अर्को प्रतिनिधि जनक राज शाक्यज्युले बताउनु भएको छ l
यसपालिको नेपाल डे फेस्टिवल २०१७  मा नेपालीहरुको सहभागी उल्लासमय रही सफल भएकोमा उक्त कार्यक्रम आयोजनाका संयोजक सुदन थापाज्युलाई अर्गनाईजेशनको तर्फबाट प्रतिनिधि प्रकाश लाल श्रेष्ठज्युले बधाई तथा धन्यवाद दिनु भएको छ l
फेस्टिवल सफल भएकोमा बधाई दिनु हुँदै नेपाल डे फेस्टिवलको मन्चमा यसपालि  नेपाल को संस्कृति झल्कने नेपाली सांस्कृतिक कार्यक्रमहरुलाई पहिलो प्राथमिकता दिनु भएकोमा आयोजकलाई धन्यवाद दिंदै  नेपालको सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्न वर्ल्ड नेवा:अर्गनाईजेशन जापान  संधै सहकार्य गर्न तत्पर रहेको कुरा को जानकारी अर्गनाईजेशनकी प्रतिनिधि इन्दिरा सुजुकी राजभन्दारीज्युले बताउनुभएको छ l
नेपाल डे फेस्टिवलको अन्तिम दिनमा सधैं झै फेस्टिवलमा भिजिट गर्नु  हुने नेपालीहरुले गरेको फोहोरहरुले गर्दा आयोजकलाई सफा गर्न धेरै गाह्रो भएको र लाखौं जापानी येन सरसफाईको लागि आर्थिक भार व्यहोर्नु परेको छ l अब देखि जापानमा हुने यस्ता कार्यक्रमहरुमा सहभागि हुँदा जथाभाबि फोहोर फ्याक्ने बानि अरुले गरेपनि आफुले गर्दिनँ भन्ने भावना लिई सहभागि हुनु पर्ने देखिन्छ l
यसपालिको नेपाल डे फेस्टिवलको अन्तिम दिनमा आफु बसेको ठाउँ र त्यस वरिपरि सरसफाई गरि आईयो l नेपाल डे फेस्टिवल बिगत १० वर्ष देखि जापानमा आयोजना हुँदै आएको छ l जापानमा क्रियाशील संघसंस्थाहरुको सहकार्यमा एनआरएन जापानले यो वर्षको नेपाल डे फेस्टिवलको आयोजना गरेको हो l
वर्ल्ड नेवा:अर्गनाईजेशन जापान ,नेवा:जागरण मंच जापान र नेवा:गुथि जापानको सक्रियतामा यसपालिको नेपाल डे फेस्टिवलमा नेवार सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको हो l
त्यस्तै शरद शेरचनज्युले नेवार ,गुरुङ,थकाली,सेर्पा ,तामाङ्ग,शेरचन ,बाहुन ,क्षत्रि,थारु बिभिन्न नेपालका जात जातिको भेष भुषाको  फेशन शो गरि त्यसको परिचय दिनु भएको थियो l धिमे तथा पन्चे बाजाका साथै  बिभिन्न जातजातिहरुले आ-आफ्नो सांस्कृतिक प्रदर्शनहरु गरि नेपाल डे फेस्टिवल नेपालको बिभिन्न जातजातिको फुलवारी हो भनि देखाउन सफल भएको थियो l

प्रतिक्रिया