स्विटजरल्याण्डमा”ओपेन एअर फिल्म ” कार्यक्रम सम्पन्न ,उठेको रकम नेपालको दुर्गम क्षेत्रमा सहयोग हुने ।

इनेप्लिज २०७४ भदौ १२ गते २१:५४ मा प्रकाशित

नेपालको दुर्गम क्षेत्रको बिद्यालयमा सहयोग गर्ने हेतुले २६ र २७ अगस्त (शनिवार र आइतवार) का दिन स्विसबासि नेपालीहरुद्वारा आयोजना गरिएको क्याम्पिंग सहित खुल्ला आकाश मुनि “ओपेन एअर फिल्म ” कार्यक्रम सम्पन्न भएको छ ।

स्विटजरल्याण्डबासि नेपालीहरुले नेपालका बिभिन्न दुर्गम स्थानहरुमा सहयोग गर्न स्विटजरल्याण्डमा हरेक बर्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेका छन् । यसै क्रममा उपस्थित नेपालीहरुलाई मनोरंजनका लागि नेपाली कथानक चलचित्र “धनपति” देखाइएको थियो । उपस्थित बालबालिकाहरु लगाएत नेपाल र नेपालप्रेमी बिदेशीहरुका लागि एक डकुमेन्ट्री चलचित्र “On the way to School ” पनि देखाइएको थियो ।

नेपाली चलचित्रको स्थान नेपालमा मात्र नरही विश्व सामु चिनाउन लागि परेका हाम्रा कला प्रेमी सम्पूर्ण नेपालीहरुलाई हामी स्विसबासि नेपाली मार्फत पनि साथ रहेको जानकारी गराउंदै कार्यक्रमबाट उप्रेको रकम ७४८ फ्रान्क(सात सय अड्ड्चालिस स्विस फ्रान्क) बिभिन्न उदेश्य झैँ यस पटक भने नेपालको दुर्गम जिल्ला सोलुखुम्बु र रामेछाप स्थित बिद्यालयहरुमा चाहिने सामाग्रीहरुका लागि सहयोग गर्ने भएको छ ।

स्विटजरल्याण्डबासि तेम्बा गुरुङ र दल पुर्जा पुनले `रोधी साँझ`को तर्फबाट कार्यक्रममा बाढी पिडितका लागि भनि ३०१ फ्रान्क (तिन सय एक स्विस फ्रान्क) उठाई आयोजकलाइ सहयोग गर्न हस्तान्तरण गरेका थिय । उक्त उठाईएको सहयोग रकम `रोधी साँझ र आयोजकको समन्यनमा बिद्यालयमा पठाउने निर्णय गरेको छ ।

भोलि पल्ट २७ अगस्त आइतवारका दिन जुरिच नेपाली स्पोर्ट्स क्लबको आयोजनामा “ओपेन एअर किनो ” कार्यक्रममा उपस्थित खेलप्रेमी साथीहरुलाइ भेला गरि भलिवल कार्यक्रम गरेको थियो ।

आयोजकको तर्फबाट स्वादिष्ट खाना बनाउने लुजर्ण निवासी कुमारी गुरुङको टिम र मनोरंजन लिंदै सहयोग पुर्याउने सम्पूर्ण स्विसबासि नेपाली लगाएत नेपालप्रेमी बिदेशीहरुलाई धन्यवाद दिएका थिए l

प्रतिक्रिया