ढिडों खान त यहा मान्छे लुछाचुडी गर्छ, अरु के बाँकी राख्ला ? (हेरौ भिडियो)

इनेप्लिज २०७४ भदौ ११ गते ५:२३ मा प्रकाशित

ढिडों नेपाली राष्ट्रिय खाना हो तर यसलाई कतिपयले बनाउन त के खान पनि जान्दैनन् । हिजो आजको समाजमा ढिंडो खाने भनेको गरिबले हो भन्ने मानसिकताका कारण गाउंघरमा ढिडों खाने प्रचला हट्दै गएको छ । कोदो वा फापरबाट बिशेष गरी ढिडों बनाईइन्छ तर मानिसहरु घरको कोदो बेचेर चामल किनेर खानेहरु गाउंघरमा प्रशस्तै भेटिन्टछन्. । शहरमा हुर्केकाहरुलाई ढिंडोको बारेमा त्यती थाहा छैन र कतिपयले खाएका पनि वा देखेका पनि छैनन् होला । नेपाली खाना ढिंडोको बारेमा जानकारी दिने उद्देश्यले ढिंडो खाने प्रतियोगीता पोखरा लेखनाथ सिटी रेवानले बर्षैपच्छिे गदैै आएको छ । तपाईलाई ढिंडो खाने मन छ ? वा ढिंडो खानमा प्रतिस्पर्धा गर्न चाहनुहुन्छ भने असोज २ देखी ११ सम्म पोखराको प्रर्दशनीकेन्द्र नयाँबजारमा लाग्ने सिटी रेवान दशै मेलामा आउनुहोस् । प्रतियोगीतामा भाग लिई सित्तैमा लोकल कुखुराको मासुसंग ढिडों  खानुहोस् । मेलामा ढिंडो खाने प्रतियोगीतासंगै थुप्रै मनोरंजनका कार्यक्रम रहेका छन् । हामीले यहा गत बर्ष गरिएको ढिंडो खाने प्रतियोगीताको क्लिप राखेका छौ हेरौं यो ढिंडोमा मान्छेको लुछाचुडी…..

https://www.youtube.com/watch?v=KmkJCs3ovbc

प्रतिक्रिया