युगान्डामा तीज कार्यक्रम सम्पन्न, मिस युगान्डा २०११ को सहभागी

इनेप्लिज २०७४ भदौ ८ गते १८:२२ मा प्रकाशित

हरेक वर्ष झैं यस वर्ष पनि दर खाने दिन पारेर गैर आवासीय नेपाली संघ युगान्डाले आयोजना गरेको तीज बिशेस कार्यक्रम बिगत वर्ष भन्दा केहि फरक ढंगले सम्पन्न भएको छ | बाढीपीडित सहयोगार्थ आयोजित सो कार्यक्रममा मिस युगाण्डा २०११ को समेत सहभागिता रहेको थियो | कार्यक्रमको शुरुवात भुत पूर्व अध्यक्ष रमेश कंडेल को उद्घोस संगै रास्ट्रीयगान बाट शुरुगरीएको थियो | कार्यक्रमको सभापतित्व बर्तमान अध्यक्ष राजमणि भण्डारीले गर्नु भएको थियो भने प्रमुख अतिथि इस्माइली समूहका समाज सेवी तथा टाईट सेक्युरिटीका संचालक मोहम्मद अली भाई आसीन हुनुहुन्थ्यो | बिगतका बिभिन्न कार्यक्रममा समेत प्रायोजन गर्दै आउनुभएको अली भाइलाई प्रमुख अतिथिमा निमन्त्रण गरिएको थियो |

त्यसैगरी बिशेष अतिथिको आसनमा मिस युगान्डा २०११ सिल्भिया नामुटेबी, हितेश बोरा, अखिलेस जोग को सहभागिता रहेको थियो | आकाशीया मल, कम्पालाका संचालक समेत रहनुभएका अखिलेश जोगले कार्यक्रम स्थल प्रायोजन गर्नुभएको थियो |आशन ग्रहणपछि कार्यक्रमका प्रमुख अतिथि मोहम्मद अली भाई बाट दीप प्रज्वलन गरी औपचारिकता दिनुको साथै छोटो मनतब्य दिदै गैर आवासीय नेपाली संघ युगान्डालाइ धन्यवाद दिनु भएको थियो भने अन्य बिशेष अतिथि गणहरु बाटपानी छोटो मनतब्य पेश गरिएको थियो |

मिस युगान्डा २०११ बाट नेपाली हरुको गौरबमय चाडमा हामीलाई सम्झेर गहिरो सम्बन्ध छ युगान्डा र नेपाल बिच भन्ने उदाहरण दिएको जिक्र गर्नुभएको थियो | यो सम्बन्धलाइ अझै गाढा गर्न आफुले जे भूमिका खेल्नपरे पनी तत्पर रहेको समेत जिक्र गर्नु भयो | कार्यक्रमलाइ अझै फरक गर्न यसपाली गैर आवासीय नेपाली संघका पदाधिकारी आफैले खाना बनाए भने भान्साको लागी बिभिन्न चाहिने सम्पूर्ण भाडा तथा चुल्हाको ब्यवस्थापन प्रायोजन नवाब रेस्टुरेंटले गरेको थियो | यस कार्यक्रमलाई सफल बनाउन मुख्य भूमिका खेल्नु हुने अध्यक्ष राजमणि भण्डारी, उपाध्यक्ष, बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गंगालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, युवा संयोजक तेजेन्द्र बिवश, महिला संयोजक तारा गिरी, प्रबक्ता कमल भट्ट, साधारण सदश्य पुष्पलाल प्रजापति, धनराज गिरी, पूर्ब अध्यक्ष रमेश कंडेल पूर्ब उपाध्यक्ष इश्वरी बश्याल लागायतको उल्लेख्य भूमिका रह्यो | कार्यक्रमको सास्कृतिक फाटलाई सम्हाल्दै तेजेन्द्र बिवश, रमेश कंडेल, तारा गिरि ………लगायतको प्रस्तुति रह्यो भने झन्डै ५० को हाराहारीमा उपस्थित सम्पुर्ण जनले साथ दिएर मनोरञ्जन लिनुभएको थियो ।

झन्डै ५ घन्टाको रमझम पछि कार्यक्रममा उपस्तिथित सम्पुर्णलाई गैर अवासिय नेपाली संघ युगान्डाले धन्यवाद ज्ञापन गर्नुको साथै कार्यक्रम समापन भएको थियो भने बाढी पीडित सहयोगार्थ संकलित रकम आजै गैर अवासिय नेपाली संघ अन्तर्राष्ट्रियको आपतकालिन राहत कोषमा ट्रान्सफर गरेको छ ।

प्रतिक्रिया