एल सेरिटो क्यर्लिफ़ोर्नियामा तीज सम्पन्न

इनेप्लिज २०७४ भदौ ६ गते ०:२३ मा प्रकाशित

क्यालीफ़ोर्निया राज्यको सन् फ्रान्सिस्को नजिक रहेको एल सेरिटोमा हरितालिका तीज मनाईएको छ l कार्यक्रम क्रियटिभ नेपाल युथ ओर्गनाईजेसनले आयोजना गरेको हो भने उक्त तीज कार्यक्रममा चेलीबेटी ,आमाबुवा, दाजुभाइ तथा बालबालिकाहरुको उपस्थिति रहेको थियो l

गायिका नलिना चित्रकार तथा स्थानीय कलाकारहरुले तीजमा गीत तथा नृत्य प्रस्तुति गरेका थिए l क्रियटिभ नेपाल युथ ओर्गनाईजेसनका महासचिब पुण्य कार्की ले मातृभूमिमा हालै आएको बाढी पहिरो पीडितहरुको लागि राहत सङ्कलन अभियानको रुपमा कार्यक्रम समर्पित गरेको बताए l

उक्त कार्यक्रम बाट उठेको सम्पूर्ण रकम खर्च कटाएर पीडितलाई दिने घोषणा समेत गरेको छ l तीजको रमाइलो २०७४” नामक कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सबैलाई संस्थाले धन्यवाद दिएको छ l

 

 

प्रतिक्रिया