कोलोराडोमा तिज कार्यक्रम भब्यरुपमा सम्पन्न

इनेप्लिज २०७४ भदौ ५ गते ०:०२ मा प्रकाशित

कोलोराडो अमेरीका
अगष्ट २०, २०१७
नेपाली महिलाहरुको महान चाड तिज नजिकदै गर्दा कोलोराडो निवासी महिलाहरु एक ठाउमा भेला भई नाचगान गर्दै दर खाएर तिज मनाएका छन् ।


थ्रोन्टन सिष्टर्स गु्रपद्धारा आयोजित कार्यक्रममा महिला दिदी बहिनीहरुले घर घरबाट मीठा परिकाररु बनाएर ल्याई एकै ठाउमा जम्मा भई परंपरागत शैलीमा गीत गाएर नाच्दै तिज मनाएका हुन् । कार्यक्रममा बोल्डर, लङमन्ट, बु्रमफिल, डेनवर्ग, अरोरा सिटीबाट महिलाहरु नेपाली पहिरन रातो साडी ,चोलो , चुरा, धागो र बिभिन्न परंपरागत गहनामा सजिएर उपस्थित भएका थिए ।


सांझ ५ बजे देखी राती १० बजे सम्म संचालन भएको कार्यक्रममा झण्डै ३ सय भन्दा बढि महिला दिदी बहिनीहरुको उपस्थिती रहेको थियो । उनीहरुले परंपरागत भाका र सैलीमा गीत गाउदै मादलको तालमा छम छम नाचिरहदा आफुलाई नेपाली भुमीमा बसेर तिजको रमाईलो हेरिरहेका भान हुन्थ्यो ।

परंपरागत रुपमा दर खाने परिकारहरु खीर, सेल, जेरी, बोडी र तमाको तरकारी जस्ता स्वादीलो परिकार खादै साथीहरु संग नाच्दै, भलाकुरारी गर्दै उनीहरुले तिज सम्पनन गरेका हुन् । कार्यक्रमलाई सफल पार्न स्थानीय ब्यावसायी मन्जु भट्टराई, मिन गुरुङ, उषा लम्सालका परिवार लगायतका महानुभावहरुबाट उल्लेख्य सहयोग भएको स्थानीय धन पौडेलले बताएकी छिन् । कार्यक्रम शान्ति भुषाल र पुष्पा पौडेलको संयोजनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया