बोष्टन सप्ताह कस्तो भयो ? एक दृष्टिकोण ।

इनेप्लिज २०७४ भदौ ४ गते २३:४८ मा प्रकाशित

बोष्टन सप्ताह (अगष्ट ६ – १२ / १३, २०१७) धुमधामसँग सम्पन्न भयो । पशुपतिनाथको मन्दिर र बुद्द स्तुपा सहित नेपाली कम्युनिटि सेन्टर बनाऊने ऊद्देश्यले आयोजित भागवत सप्ताह सात दिनले नपुगेर एक दिन थपेर आठ दिनमा समापन गरियो । सँभवत : बिदेशका भएका भागबत सप्ताहहरुमा धेरै दान सँकलन भएको सप्ताह, बोष्टन सप्ताह हुनुपर्छ । निकै चर्चा भएको क्यालिफोर्निया सप्ताहमा बाह्र लाख चालिस हजार र न्यु योर्क सप्ताहमा पाच लाख पच्चिस हजार डलर ऊठेको जनाइएको थियो तर बोष्टन सप्ताहमा आयोजकको तारगेट लक्ष्य भन्दा पनि धेरै १५ लाख ५५ हजार डलर सँकलन भएको प्रारम्भिक बिबरण आइसकेको छ । अन्तिम बिबरण आऊदा बढने सँकेत देखिएको छ । बोष्टन सप्ताह मय भएको थियो । सप्ताह शुरुभएपछि नेपालमय सप्ताह भएको थियो बोष्टनमा। हरेक दिन थामिनसक्नु भिड भयो नेपालमा जस्तै । कुनै कार्यक्रममा नदेखिएका नेपालीहरु सप्ताहमा सहभागी भए । आयोजक समिति ऊप समिति लगायत नेपालीहरु खटनसम्म खटे रातदिन भनेनन, खाइ नखाइ तयारीमा जुटे हजारौ हजार नेपालीहरु सप्ताहमा सहभागी भए । बिभिन्न राज्यबाट नेपालीहरु आए दान दिए ।सोचेको भन्दा धेरै दान दिए नेपालीले । आफ्नो छाक कटायर भनेपनि दान दिने सोच बन्यो । हामिले पनि थप्यौ । पहिलो दिन सम्म सोचेको अनि दिइसकेको दान रकममा तेब्बर बढायौ । ३३ % तुरुन्त दियौ ६६ % स्टलमेन्टमा दिन्छौ भन्यौ । नभै नभै पनि दिने माहौल बन्यो । अत्यधिकले हामीले जस्तै गरेको देखियो । धन भएर भन्दा पनि मनचाहि सगसगै बढाएको पाइयो ।

हालसम्म पशुपतिनाथ बुद्द फाऊण्डेशनलाई एकथरि नेपालीले मात्र दान दिदै आएका थिए ।प्रारम्भिक बिबरणमै ८६० भन्दा बढिले दान दिएको देखियो । शुरुमा दिइसकेकाले पनि बढाए । सोच्दै नसोचेकाले पनि मुठि फुकाए । पैतृक घर बाग्लुङ , (बाऊबाजेलाई पाङहाली साहु भनेर चिनिने) हाल समरभिल निबासी कर्मबिर सफल ब्यबासायी सामाजिक ब्यक्तित्व लक्ष्मी प्रधान र झरना प्रधान को परिवारले ५१ हजार दान गरि सप्ताहको रनकै बढाइदिए । त्यस्तै बोष्टनको नेपाली सामाजिक मुभमेन्टमा कहिल्यै नछुटने भर्खर भर्खर मात्र ब्यबासाय शुरु गरेका असल सामाजिक ब्यक्तित्व सुरेश वाग्ले रोशनी वाग्ले ले साच्चिनै सोच्दै नसोचेको दान ३० हजार ३ सय तेत्तिस डलर दिएर सकेसम्म दान गर्न सबैलाई ऊत्प्रेरित गरे । यसरी अचम्मै सँग दान रकम जुटदै गयो सबै महानुभावको नामावली यस वेवसाइडमा https://bostonsaptaha.org/donors/ प्रकाशित गरिएको छ ।मुल आयोजक समितिले अन्य प्रभावकारी आम्दानीका ऊपायहरु पनि अबलम्बन गरे । सप्ताहका १००८ कलश बाट ,बिभिन्न अनुष्ठानहरु बाट, सप्ताह टि सर्टबाट, बिज्ञापन र बिभिन्न सौजन्य बाट , अनलाइन डोनेशन आदीबाट पनि आम्दानी हुने भयो , यसले गर्दा पनि अन्तिम आम्दानी बिबरण आऊदा बढने देखिएको छ ।

मान्छेको एऊटा प्रिय चिज धन हो । धनकै लागि मान्छेहरु मरिमेटछन, लोभिपापी हुन्छन । भनिन्छ धन तान्न सक्यो भने धन गएको ठाऊमा मान्छेको मन स्वत टासिन्छ ।राम्रो कार्यक्रम ल्याऊन सक्यो भने सबैको मन तानिने रहेछ । अत, पशुपतिनाथ बुद्द फाऊण्डेशन र बोष्टन सप्ताहले पनि यसपटक राम्रै कार्यक्रम ल्यायो सबैको मन तान्यो । अब कुनै बहानामा पनि कार्यसमितिका साथीहरु ऊम्कन पाऊने स्थिति छैन । रकम सोचेको जसरी ऊठेपछि काम पनि भने अनुसार गरेर देखाऊन परेको छ । साथसाथै रकम बोलेका साथीहरुलाई फेरि पनि कामले नै जितेर ऊहाहरुको रकम ऊठाऊन परेको छ । यसरि एक आपसमा नैतिकताले कसेको छ । जसले गर्दा अब नेपालीले छिट्टै नेपाली कम्युनिटि सेन्टर पाऊने स्थिति बनेको छ । हुनपनि ऊपयुक्त हल को खोजिमा टाष्क फोर्स लागिसकेको छ । बोष्टन सप्ताहले नेपाली एकतालाई कसिलो बनाएको छ । बिदेश रहेर पनि नेपाली पहिचानमा बाच्न चाहनेलाई र केहि गर्न चाहनेलाई एकैठाऊमा जोडिदिएको छ ।प्याब्फोनलाई तन मन धन दान दिनेहरु हजारौलौ चासो खाचो गर्न पनि छाडने छैनन, माया गर्न थाल्नेछन । त्यसैले पाच बर्ष देखि हुन नसकेको काम अब हुने स्थिति बनेको छ ।

 

बास्तबमा बोष्टनका नेपाली सामाजिक क्षेत्रमा अगाडि छन दुख सुखमा मर्दा पर्दा एकजुट हुन्छन भन्ने बिगतमा पनि थुप्रै ऊदाहरण छन । यसपटक पनि ऊदाहरण भयरै देखा परे । यहाका नेपालीहरु त्यस्तो कुनै बिभाजनमा छैनन ठुला ठुला मुद्दा मामिला भयर नेपाली नेपाली बिच फुट ल्याऊने र बिभाजन ल्याऊने काम हालसम्म भएको छैन , बोष्टन आऊने नेपालीको यो पनि एऊटा अहोभाग्य हो भन्ने मलाई लाग्छ । साच्चिकै सामाजिक काम गर्दा बृहद भागबत सप्ताह लगाऊदा ढिलो चाडो सब नेपाली एकजुट भएर देखा परे । हरेक नेपालीले आ आफ्नो खुबी र समय अनुरुप सकेको सहयोग गर्न सम्म गरे । धन भएर भन्दा पनि मन भयर दान गरे नेपालीले । एक त बोष्टनमा नेपालीको जनधनत्ब दिनप्रतिदिन बढिरहेछ । नेपाली कम्युनिटि सेन्टर एवँ सास्कृतिक केन्द्र सबैलाई खडकिरहेको थियो । एऊटा सक्षम शसक्त मुल आयोजक समिति बन्यो । मुल आयोजक समितिमा बोष्टनको नेपाली बृतमा राम्ररि भिजेका शसक्त सच्चा ईमान्दार सामाजिक मित्रहरु चयन भए । उहाहरुले सँभव भएसम्मका सबै नेपालीलाई समेटदै नेपालीहरुको ज्ञान अध्ययन अनुभव लाई सप्ताहमा समाहित गर्दै अगाडी बढे । प्रमुख बाचक, वाचन प्रबिण दिनबन्धु पोखरेल सप्ताह अगावै बोष्टन आयर सपोर्ट गर्नु भो सरसल्लाहमा सरिक हुनु भो । कोहि कसैले पनि बोष्टन सप्ताह को बिपक्षमा कुरा गरेको सुनियन । शुरुमा सप्ताहलाई त्यति वास्ता गर्न नभ्याएकाहरु पनि सप्ताहको छैटौ सातौ दिनमा गयर कथा सुन्न थाले दान दिन थाले ।

यसरी बोष्टन सप्ताह धुमधाम सँग सफल भयो । बोष्टन सप्ताह एऊटा नमुना सप्ताह भयो यहाको ऊत्साह, यहाको ऊपलब्धि अध्ययन मुलक भएको छ । लेख्न पनि कुन पाटो बाट लेख्ने । धार्मिक पाटो बाट लेख्ने कि सामाजिक पाटो बाट । नेपालीको त्याग तपस्या र समर्पण को कुरा लेख्ने कि आस्था र बिश्वासको । समाचार रिपोर्टिङ गर्ने कि सप्ताह समिक्षा ।रोचक रमाईला पक्ष लेख्ने कि आध्यात्मिक पक्ष । एकजना मित्रले सुनाऊनु भो “ ऊहाको इण्डियन मित्र ले भन्यो रे ऊनिहरुले पनि शुरुमा बल्ल बल्ल ३ लाख जुटायर मन्दिर बनाऊन शुरु गरेको रे नेपालीलाई त मान्न पर्छ बा एऊटै कार्यक्रमबाट १५ लाख जुटायर देखाए “ । त्यै त, दाता दानबिरहरुको को पाटोबाट लेख्ने कि प्रमुख वाचकको जादुमय वाचन बाट । सज्जन भक्तजनहरुको क्रेजलाई लेख्ने कि भजन किर्तन टिमको गान बजान नृत्य बाट शुरु गर्ने ।जन्म दिन, बिबहा, ब्रतबन्ध, पास्नी, रुद्री आदी अनुष्ठानमा सरिक महानुभावको बारेमा लेख्ने कि यस प्रकारको ब्यापक बृहद पार्न तल्लिन आयोजक तथा स्वयँसेबकको बारेमा । सप्ताहमा बिबिध जिम्मेवारी बहन गर्दै आ आप्नो ज्ञान अनुभवले सिगार्ने साथीहरुको बारेमा लेख्ने कि सप्ताहको मिसन भिजन को बारेमा लेख्ने । बोष्टन सप्ताह हरेक दृष्टिले अथाह रह्यो , अपार रह्यो ।

बोष्टन सप्ताह २०१७ “ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहद आध्यात्मिक महोत्सव “ जस्तो बिशाल नाम राखियो त्यस्तै बृहद काम भयो बोष्टनमा । अमेरिकामा सानो काम किन नहोस कानुनी कुरा मिलायर मात्र गर्न पाईन्छ यत्रो बृहद महोत्सबलाई त्यहि अनुरुप कानुनी कुरा मिलायर कुनै घटना इमर्जेन्सी हुन नदिइ सफल रुपमा सम्पन्न गर्ने सारा नेपाली धन्य हुनुहुन्छ । सबैको नाम इतिहासमा लेखिनेनै छ । नेपाली कम्युनिटि सेन्टरको भित्तामा देखिने नै छ । बोष्टन सप्ताह अत्यन्त सफल भयो, एेतिहासिक भयो, अनुकरणिय रह्यो अबिष्मरणिय रह्यो । बोष्टन सप्ताहका बारेमा सबैकुरा एऊटै रिपोर्टिङमा समेटन नसकिने भएको छ । लेख्न पर्ने धेरै कुराहरु छन न्युजहरु छन बिषयबस्तुहरु छन लेखिदै जानेछन देखिदै जानेछन आयोजक समितिले पनि रिपोर्ट बुझाऊनेनै छ तरपनि आफुलाई लागेका मेरो पोजेटिभ आइले देखेका त्यस्ता केहि सकारात्मक पक्षलाई भने यहा तुरुन्त लेख्न मन लागिहाल्यो । जय बोष्टन सप्ताह ।

फोटो : फेसबुक अफ बोष्टन सप्ताह बाट

प्रतिक्रिया