भगवान शिव जी नै छक्क पर्ने गरी के गरे यी युवतीले ? (भिडियो हेर्नुहोस्)

इनेप्लिज २०७४ भदौ ४ गते १२:४० मा प्रकाशित

 

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदै गईरहेको छ भने कलाकारहरुलाई तीज सम्बन्धी गीत संगीतहरु सार्वजनिक गर्ने चटारोले छपक्कै छोपेको छ । कतिपय कलाकारहरु गीतको भिडियो सार्वजनिक गर्न व्यस्त छन् भने कोही कलाकारहर विदेशका विभिन्न कार्यक्रमहरुमा व्यस्त छन् । भिडियो निर्माण गरिरहेका सर्जकहरुले भने कतिपयले यस वर्ष पनि अस्लिल शब्दहरु राखेर नै तीजका गीतहरु सार्वजनिक गरेका छन् भने कतिपयले यसपाली पनि मौलिक गीतहरु सार्वजनिक गरेका छन् । यस्तैमा अलि फरक शैलीमा एउटा भिडियो सार्वजनिक भएको छ ।

नेपाली कला संस्कृति र विशेष गरी नेपाली नारीहरुको पहिरनको हालको शैलीलाई व्यङ्ग्य गरेर रोमाञ्चक शैलीमा बनाईएको शिव जी नि छक्क बोलको उक्त गीतको शब्द तथा संगीत तुलसी बाँस्कोटाको रहेको छ भने गायक तथा संगीतकार ताराबीर पाण्डेको साथमा दिलकुमारी श्रेष्ठले स्वर दिएका छन् । राजिव शाहले संगीत संयोजन गरेको उक्त गीतको भिडियोको जनकराज अधिकारीले छायाँकन गरेका छन् । तुलसी बाँस्कोटाकै निर्देशन तथा सम्पादन रहेको भिडियोमा लक्ष्मी श्रेष्ठ, रवि कोईराला, विशाल खरेल, कासी तामाङ, राजेश राउत, सुस्मा भण्डारी र मनिष रञ्जन बरालले नृत्य तथा अभिनय गरेका छन् । भिडियोको कोरियोग्राफी विक्रम मालाकीले गरेका हुन् ।

प्रतिक्रिया