भटराईको उम्मेदवारी NRNA कतार अनुगमन समितीको सदस्यमा!

इनेप्लिज २०७४ भदौ ३ गते ९:१७ मा प्रकाशित

ध्रुब क्षेत्री, दोहा  कतार”  करिब ५ लाखको हारहारीमा नेपालि रहेको कतारमा, विदेशमा रहेका सबै नेपाली को साझा सस्था भनेर नेपाल सरकार बाट मान्यता प्राप्त सस्था गैरआवासीय नेपालि संघ कतार साखा को आगामी सेप्टेम्बर १ तारिख हुन लागिरहेको  २०१७/१९ कार्यकालका  लागि  अनुशासन तथा अनुगमन समितीको सदस्य पदमा कतारमा कार्यरत गोरखा अश्रराङ्ग घर ( भिमसेन गाउपालीका-६ ) जन्मनु भइ हाल चितवन टाडि  निवासी  शिवराज भटराई ले  आफ्नो उम्मेद्धवारी घोषणा गरेका छन ।


अनुशासन तथा अनुगमन समितीको खुल्ला सदस्य  तर्फ औपचारिक रुपमा उम्मेद्धवारी दिएको कुरा फेसबुक मार्फत जानकारी गराउदै, भटराई ले, सस्थामा  हाल सम्म भएको अनियमितता, अनैतिकता र अबेबस्थाता लाइ सुधार मुलुक बनाउने र सबै बैचारिक संगठन, जिल्ला सस्था  तथा बौदिक बेक्तित्व र नेपाली वेबसाई संग सहकार्य गर्दै कतार मा रहेका पिडित मजदुर को साथ् मा रहेर संगठन को गरिमा मा  आच् नआउने गरि मजदुर मैत्री  अभियान चलाउने  बताउनु भएको छ! 

 करीब डेड दशक देखी कतारमा रहदै आएका  भटराई गोर्खा सेवा समाज कतार , चितवन युवा अभियान लगाएत धेरै संघ  सस्थामा  आबद्द  रहेर मजदुरहरु को हक र हित का लागि  सामाजिक अभियान मा काम गर्ने युवा समाजसेबी ले  चिर-परिचित बेक्तित्व भएको कतार स्थित सामजिक अभियन्ताहरु  बताउछन् !



येस्तै लमजुङ सेवा समाज कतारका  कोषाध्यक्ष  श्री बिनोद प्रसाद बसौलाले पनि  आगामी सेप्टेम्बर १ तारिख हुन लागिरहेको गैरआवासीय नेपालि संघ कतार को २०१७/१९ कार्यकालका  लागि खुल्ला सदस्य तर्फ औपचारिक रुपमा उम्मेद्धवारी दिएका छन्’ श्री भट्टराई र बसौलाले सम्पुर्ण कतार निवासी समाजका अग्रज, सामाजिक एबम वैचारिक संस्थाका प्रमुख तथा परिषद्का सदस्यहरुलाइ आफ्नो अमुल्य मत दिएर आफुलाई जिताउन आग्रह गर्नु भएको छ।

प्रतिक्रिया